भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, भदौ ।
प्लेव्बाइका रुपमा परिचित सदाबहार हेण्डसम
अभिनेता भुवन केसी पत्नी सुस्मितासँग सम्बन्ध विच्छेद
भएपछि केही समय सिंगल बने । तर भुवन भनेपछि मरिहत्ते
गर्ने युवतीहरुको के कमी हुन्थ्यो र ? त्यसैले उनको
जीवनमा अर्की नायिका जिया केसीको प्रवेश
भएको हल्ला फैलियो ।
आफूहरु एउटै घरको छानामूनि रहेको दुवैले स्वीकार
गरेपछि यो हल्ला पनि सत्य सावित भयो । यद्यपि
उनीहरुबीचको सम्बन्ध कस्तो हो भन्नेबारे भने अझै
यकिनका साथ भन्नसक्ने आधार छैन । भुवनलाई
नजिकबाट चिन्नेहरु भन्छन्–उनीहरुको सम्बन्ध लिभिङ
टुगेदरको रुपमा परिभाषित गर्न सकिन्छ । किनभने
उनीहरु एउटै घरमा बस्छन् र एउटै ओछ्यान सेयर गर्छन् । यस
कुराको पुष्टि भुवनले निर्देशन गरेको पहिलो चलचित्र
ड्रिम्सको छायाँकन स्थलमा पुगेर भएको छ ।
मुस्ताङमा छायाँकन गरिएको ड्रिम्सको
छायाँकनमा जियाको कुनै भूमिका छैन । तर शुटिङ
अवधिभरि जिया पनि मुस्ताङमै रहिन् । चलचित्रको
क्रिउ मेम्बरहरुको बीच पनि उनीहरुले एउटै होटलको
एउटै रुम सेयर गरे । छोरा अनमोलका लागि त यो कुनै
नौलो कुरा थिएन । तर अचम्म त्यत्रो दिन सँगै रहेर
मुस्ताङ जस्तो लोकेशनमा पनि जिया र भुवनले सँगै एक
पोज पनि फोटो सम्म नखिच्नुलाई चाहिं धेरैले
आश्चर्यका रुपमा लिएका छन् ।
0 comments:
Post a Comment