Home » » मर्यादा विपरित बोलेको भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग स्पष्टिकरण लिने....

मर्यादा विपरित बोलेको भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग स्पष्टिकरण लिने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १८ साउन । संविधानसभाको संवैधानिक-
राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको
शीर्ष नेता सम्मिलित विशेष समितिले राष्ट्रपति
डा. रामवरण यादवसँग स्पष्टिकरण सोध्ने भएको छ ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का
महासचिव जीतेन्द्र देवले गत जेठ २५ गतेको राजनीतिक
सहमतिलाई मूल आधार बनाएर नयाँ मस्यौदा तयार
गर्ने काम भइरहेको बताउँदै १६ बुँदे सहमतिबारे
राष्ट्रपति यादवले दिनुभएको अभिव्यक्तिबारे
प्रधानमन्त्री सुशील कोइरालाले ध्यानाकर्षण
गराउने समझदारी भएको भएको बताए ।
संवैधानिक राष्ट्रपतिको सीमाभित्र रहेरमात्रै उहाँले
राजनीतिक विषयमा अभिव्यक्ति दिनुपर्ने आफूहरुको
धारणा रहेको महासचिव देवले बताए ।
संविधानको पहिलो मस्यौदामा जनताले दिएका
राय सुझाव समेटी आइतबारसम्म प्रतिवेदन बुझाउने
जिम्मा विशेष समितिले पाएको थियो । आइतबार
एक कार्यक्रममा राष्ट्रपति यादवले १६ बुँदे सहमतिका
बारेमा मुख खोल्दै गलत भएको बताएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved