भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अलग भएपछि आ-आफ्नै शैलीमा चलचित्र क्षेत्रमा
अगाडि बढेका नायक भूवन केसी र कलाकार सुस्मिता
बमजम दुबै निर्देशक बन्दैछन् । भूवनले आफ्नै लगानीमा
चलचित्र ‘डि्रम्स’को निर्देशन गरिसकेका छन् भने
सुस्मिता पनि अब निरन्तर चलचित्र बनाउने
तयारीमा लागेकी छिन् ।
भूवनले चलचित्र निर्देशनमा हात हाले लगतै सुस्मिताले
पनि निर्देशक बन्न लागेपछि बजारमा विभिन्न
खालका चर्चा सुरु भएका छन् । तर, सुस्मिताले भने
आफूले भूवनलाई च्यालेञ्ज दिन चलचित्र निर्देशन गर्न
लागेको नभई यसलाई संयोग भनेकी छिन् ।
उनले भूवन केसीप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको
फेसबुक मार्फत बताएकी छिन् । चलचित्र क्षेत्रका
लागि भूवनले अग्रणी भूमिका खेलेको भन्दै सुस्मिताले
उनी व्यक्तिगत रुपमा आफ्ना छोराको पिता भएको
पनि बताएकी छिन् । उनले भूवनबाट चलचित्र निर्माण
र व्यवसायिक बिषयमा धेरै कुरा सिकेको पनि
फेसबुकमा लेखेकी छिन् ।
भूवनलाई आफूले च्यालेञ्ज गर्नु र उनले आफूलाई च्यालेञ्ज
गर्नु भनेको तर्कसंगत कुरा नभएको सुस्मिताको दाबी
छ । उनले भूवनको स्वस्थ्य र सुखद जीवनका लागि हरेक
पल प्रार्थना गर्ने गरेको पनि स्पष्ट पारेकी छिन् ।
अलग भएपछि सुस्मिता चलचित्र क्षेत्रबाट केही ओझेल
देखिएकी छिन् । भूवन भने छोरा अनमोललाई मुख्य
नायकको रुपमा लिएर चलचित्र निर्देशक बनिसकेका
छन् ।
0 comments:
Post a Comment