Home » » कृष्ण सिटौलाले राजीनामा दिने !

कृष्ण सिटौलाले राजीनामा दिने !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । नेपाली काँग्रेसको गत शनिबार बसेको
बैठकमा महामन्त्री कृष्ण सिटौलाले गाउँ, क्षेत्र र
जिल्ला अधिबेसन सार्ने प्रस्ताव गरेपछि
केन्द्रीय सदस्यहरुले व्यापक विरोध जनाए ।
केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा.प्रकाशसरण
महतलगायतका सदस्यहरुले संविधान जारी गर्ने मिति
फेरि पनि सर्यो भने काँग्रेसको अधिवेशन सर्दैन भन्ने के
ग्यारेन्टी छ ?
के नेपाली काँग्रेसको अधिवेसनलाई पनि पटक पटक
सारेर नेवि संघ र तरुण दलझै बनाउन खोजिएको हो ?
यत्रो ठूलो सत्तारुढ पार्टीको अधिवेशनमाथि
नेतृत्वले खेलाँची गर्न खोजेको भनी विरोध जनाएका
थिए ।
त्यसको जवाफमा महामन्त्री कृष्ण सिटौलाले ‘यो
अन्तिम पटक महाधिवेशन सार्ने निर्णय गरिएको छ अब
फेरि चौथो पटक सार्नुपर्ने अवस्था आयो भने म
महामन्त्रीको पदमा रहन्न । यो नैतिक कुरा पनि हो’
भनेपछि केन्द्रीय सदस्यहरु आस्वस्त भएका थिए ।
आजको तरुण साप्ताहिकमा समाचार छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved