Home » » क्वाटरबाटै मन्त्रालय हाँक्छन् पूर्व मन्त्री पराजुली

क्वाटरबाटै मन्त्रालय हाँक्छन् पूर्व मन्त्री पराजुली

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १९ साउन । रक्सीले मात्तिएर
महिलाहरुमाथि अश्लिल व्यवहार गर्दा मन्त्रीपद
गुमाउन पुगेका कृषिमन्त्री हरि पराजुली कृषि
विकास मन्त्रालयकै छायाँ मन्त्रीकोरुपमा काम गर्न
थालेका छन् ।
आजको जनादेश साप्ताहिकमा खबर छ– उनको
मन्त्रीपद फुस्किए पनि आफना् साढुदाई तथा
गृहमन्त्री बामदेव गौतमले कृषि मन्त्रालयको जिम्मा
लिएपछि पराजुली बामदेवको पीएका रुपमा
मन्त्रालयका विभिन्न कमिसन तथा कामको सेटिङ्ग
मिलाउने काम गर्ने गरेका छन् । उनले बामदेवको मन्त्री
क्वाटरमा बसेर म नै मन्त्री हुँ भन्दै मन्त्रालयको सम्पूर्ण
सेटिङ्ग मिलाउँदै आएको कृषि मन्त्रालयका एक वरिष्ठ
अधिकारीले बताए ।
आफूलाई मन्त्रालयको सम्पूर्ण कुराको जानकारी
भएको र आपूmले क्वाटरबाटै मन्त्रालय हाँक्न सक्ने भन्दै
बामदवलाईे अर्को मन्त्री नराख्न भनेका थिए ।
सरकारले किन्ने ठूलो रकमको मलको ठेक्कापट्टा,
विभिन्न आयोजनाको कमिसन तथा
मन्त्रालयअन्तगर्तका संस्थानबाट आउने कमिसनको
बारेमा आफू जानिफकार रहेकोले अर्को व्यक्तिलाई
तत्काल नियुक्त नगर्न उनले बामदेवलाई मनाएको
आजको जनादेश साप्ताहिकमा खवर छ । गत असार १५
गते रोपाई दिवसमा रक्सीले मात्तिएर
महिलाहरुमाथि अश्लिल व्यवहार गरेपछि सबैतिरबाट
व्यापक विरोध भएपछि पराजुलीले राजिनामा
दिएका थिए । तर उनले आफू मन्त्री हुँदा प्रयोग गरेको
गाडी समेत मन्त्रालयमा नबुझाई आफै प्रयोग गर्दै
आएका छन् । यति मात्र होइन उनकी श्रीमती,
साली र छोराले समेत सरकारी गाडी चढ्ने गरेको
मन्त्रालय स्रोतले जनाएको छ ।
फेसबुके र पत्रकारले आफ्नो जागिर खाएको आरोप
लगाउँदै पराजुलीले आफ्नो मन्त्रीपद गुमेपछि मिडिया
र पत्रकारलाई सराप्दै हिडेका थिए । हाल उनले आफूले
प्रयोग गर्ने गरेको मोबाइल नम्बर समेत परिवर्तन गरेका
छन् । पराजुली एमाले–कांग्रेस गठबन्धन सरकारमा
सबैभन्दा भष्ट्रचारी मन्त्रीको रुपमा चिनिन्छन् ।
पराजुलीको अश्लिल हर्कतबाट आजित एमाले
कार्यकर्ताहरु भने उनले पार्टीलाई नै बदनाम गरेको र
हाल उनी बामदेवलाई सक्याउन उद्दत रहेको बताउँछन् ।
किसानको कोटामा आफ्नो छोरालाई इजरायल
पठाएको एमाले वृतभित्र पनि निकै आलोचनाको
विषय बनेको थियो । ओलीलाई अध्यक्ष बनाउन
आफ्नो भूमिका अहम् रहेकोले आफूले जे भने पनि ओलीले
मान्ने र आफ्नो विरुद्ध कुनै निर्णय नलिने उनले बताउँछन्
। मन्त्री पदमा रहँदा उनले विभिन्न व्यक्तिहरुलाई
आफ्नो पीए नियुक्त गर्ने र मोटो रकम लिएर बिदेश
पठाउने गरेको स्रोतले बताएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved