Home » » हिन्दुराज्यको लागि पहल गर्न देउवालाई भारतको दबाब

हिन्दुराज्यको लागि पहल गर्न देउवालाई भारतको दबाब

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भारत भ्रमणमा रहेका नेपालका पूर्व प्रधानमन्त्री
शेरवहादुर देउवालाई हिन्दुराज्यको लागि पहल
गर्न भारतले दबाब
दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मेदीसँग भेट
गर्नु अघि भारतीय जनता पार्टीका नेताहरुसँग भेट
गरेका देउवालाई ती नेताहरुले त्यस्तो दबाब दिएका
हुन् ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँगको भेटमा
उनीले भारत सरकार नेपालमा ‘हिन्दु राज्य हुनुपर्छ’
भन्नेमा रहेको आशय व्यक्त गरेकी थिइन् । स्वराजले
नेपालमा हिन्दू राज्य पुनस्र्थापनाको पक्षमा जनता
आन्दोलित भएको सन्दर्भ पनि त्यस भेटमा उल्लेख
गरेकी थिइन् ।
भारतीय जनता पार्टीका बरिष्ठ नेता भगतसिंह
कोसियारीले पनि देउवालाई धर्म निरपेक्षता शब्द
संविधानबाट हटाउनु पर्ने धारणा राखेका थिए ।
कोसियारीले ‘सक्नुहुन्छ भने हिन्दु राष्ट्र लेख्नुस्, तर
सक्नुहुन्न भने धर्म निरपेक्षता हटाएर धार्मिक
स्वतन्त्रता राख्नुस्’ भनी देउवालाई निर्देशन नै
दिएका थिए । मोदीसँगको भेटमा भने मोदीले त्यस
विषयमा खुलेर कुरा नगरेको पत्रकार ऋषि धमलाले
भारतीय राजदूत जयन्तप्रसादलाई उधृत गर्दै जानकारी
दिए ।
संबिधानमा सबैलाई समेट्न मोदीको सुझाब
भारतीय प्रधानमन्त्री नरेन्द मोदीले संबिधानमा
सबैलाई समेट्न सुझाब दिएका छन् । भारत भ्रमणमा
रहेका पूर्वप्रधानमन्त्री देउवा र मोदीबीच भएको
भेटवार्ता उनले यस्तो सुझाव दिएका हुन् । उनीहरुबचि
शुक्रवार नयाँ दिल्लीको हैदरवाद हाउसमा भेटवार्ता
भएको हो । ‘भेटवार्तामा भारतीय प्रधानमन्त्री
मोदीले सबै पक्षले अपनत्व गर्ने खालको संविधान
चाँडो ल्याउन सुझाव दिनुभयो,’ देउवासँगै रहेकी
उनकी पत्नी आरजु देउवाको भनाई उध्रित गर्दै पत्रकार
धमलाले भने ।
लिपुलेक बारे बोलनन् देउवा
भारत भ्रमणका क्रममा रहेका देउवाले भारतीय
प्रधानमन्त्री मोदीसँगको भेटमा भेटमा महाकाली
सन्धि कार्यान्वयनको विषय उठाए पनि लिपुलेकका
बारेमा भने कुनै कुरा गरेनन् ।
यद्यपि देउवाले मोदीसँगको भेट अघि दिल्लीस्थित
सरकारी थिङ्क–ट्याङ्क सुरक्षा मामला अध्यन
निकाय (आइडीएसए) मा नेपाल–भारत समसामयिक
सम्बन्धकाबारे प्रवचन दिने क्रममा भने लिपुलेकसहित
कालापानी र सुस्ता नेपालको भूभाग भएको दावी
गरेका थिए ।
उनले लिपुलेक नेपाल–भारत–चीनको त्रिदेशीय नाका
भएको यथार्थलाई भुल्न नमिल्ने भन्दै नेपाल–भारत
बीच रहि आएको सुमधुर र सहज सम्बन्ध अन्यत्र कहींकतै
नभएकाले द्धैपक्षीय वार्ता र कुटनीतिक
समझदारीबाट बिबादलाई सहजै हल गर्न सकिने दाबी
गरेका थिए ।
यसअघि देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी,
गृहमन्त्री राजनाथ सिंह, भाजपा उपाध्यक्ष भगतसिंह
कोसियारी, विदेश मन्त्री शुष्मा स्वराजलगायतसँग
पनि वार्ता गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved