भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मलेसिया : रोजगारीमा रहेका दुर्इजना नेपाली
युवाले मलेसियामै झुन्डिएर आत्महत्या गरेका छन् ।
शुक्रबार जोहर राज्यको मुहारमा पाँचथरका पदम
लिम्बूले झुण्डिएर आत्महत्या गरेका हुन् । लिम्बू
मुहारको मुबिलिया कम्पनी मा ४ वर्षदेखि कार्यरत
थिए ।
शुक्रबार बिहान कम्पनीको होस्टलमा उनले आत्महत्या
गरेका साथी प्युठानका चन्द्र जीएमले जानकारी
दिए । मृतकको शव पोषमार्टमका लागि मुहार
अस्पतालमा राखिएको छ ।
यस्तै सेलेङरको काम्पुङ बारु सुबाङमा झापा
धुलाबारीका सुमन बिकले बुधबार झुन्डिएर आत्महत्या
गरेका छन् । सुबाङको टिआइसिए कम्पनीमा कार्यरत
उनी साथीहरु काम गएको समयमा होस्टलमै
झुन्डिएका हुन ।
मृतक एक महिनापछि घर जाने तयारीमा रहेका उनका
साथीले जानकारी दिए । तीन वर्षअघि
रोजगारीका सिलसिलामा मलेसिया आएका उनी
केही हप्ता अघिबाट साथीहरुलाई आफू तनाबमा
रहेको बताउँदै आएका थिए । उनको शब हाल सुंगाइ
बुलो अस्पताल मा राखिएको छ ।
0 comments:
Post a Comment