भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोखरा, १७ साउन - साँझ छिप्पिँदै गएपछि
लेकसाईडको व्यन्जन रेस्टुरेन्टमा युवायुवतीहरुको भीड
बाक्लिँदै गयो । सिमसिम पानी परेर वातावरण मन्द
चिसो भएपनि युवतीहरुको ‘हटनेस’ उनीहरुको
पहिरनमा प्रस्ट झल्किन्थ्यो । व्यन्जनले आयोजना
गरेको ‘रेन्टरटेनमेन्ट’को लागि पानीमा भिजेर
नाच्नलाई उनीहरु तम्तयार थिए । डिजे शेशन शुरु भयो
। र, कृत्रिम रुपमा पारिएको झरीमा निथ्रुक्क भिज्दै
युवायुवतीले उन्मुक्त नाच्न थाले । राती अबेरसम्म
चल्यो डिजे शेशन । हङकङबाटआएका डिजेचिजोन,
काठमाण्डौबाट आएका डिजे फुच्चे र पोखराको डिजे
नटिजले युवायुवतीलाई झुमाउने खालका गीत
बजाउनमा कुनै कन्जुस्याँई गरेनन् । केहि समय यता
लेकसाईड सुनसान जस्तै छ । विदेशी पर्यटकहरु कमै मात्र
देखिन्छन् । नेपाली पर्यटक पनि उति साह्रो आएका
छैनन् । भूकम्प पछि सुस्ताएको लेकसाईडलाई
शनिबारको ‘रेन्टरटेनमेन्ट’ले केहि मात्रामा भए पनि
जगायो । झरीमा भिज्दै नाच्नका लागि शनिबार
राती व्यन्जनमा सात सय भन्दा बढि युवायुवतीहरु
जम्मा भएका थिए । ‘ओम ईभेन्ट्स’ले रेन्टरटेनमेन्टको
व्यवस्थापन गरेको थियो ।
झरीमा रुझेर नाच्नकै लागि हङकङ, भारत,
काठमाण्डौ, चितवन, धरान लगाएत देशका ठुला
शहरबाट युवायुवतीहरु व्यन्जनमा आईपुगेका थिए । ‘३०
प्रतिशत भन्दा बढि रेन्टरटेनमेन्टमा सहभागिता
जनाउने पोखरा बाहिरका थिए ।’ व्यन्जन रेस्टुरेन्टका
संचालक वैभव पौडेलले भने–‘अहिलेको यस्तो अवस्थामा
पनि झरीमा नाच्न आउने युवायुवतीको भीड देखेर
मलाई निकै खुशि लागेको छ ।’ व्यन्जनले गर्दै आएको
झरीमा गरिने डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’को यो
दोस्रो सँस्करण हो ।
झरीमा नाच्दै झुम्ने यस्तो खालको डान्स पार्टी
पोखरामै पहिलोपटक व्यन्जनले गरेको व्यवस्थापनको
दाबी छ । ‘यो फरक र रमाईलो शैलीको डान्स
पार्टीलाई युवायुवतीहरुले निकै रुचाएको हामीले
पाएका छौँ ।’ व्यन्जनका म्यानेजर मनोज भट्टले
भने–‘यसले पोखराको पहिचानलाई बचाउने काम पनि
गरेको छ ।’ नेपालकै सबैभन्दा बढि झरी पर्ने शहरको
रुपमा चिनिने पोखराको विशेषता अनुसारको डान्स
पार्टी ‘रेन्टरटेनमेन्ट’ हरेक वर्ष हुने उनले बताए ।
शनिबार भएको झरी डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’मा
अभिनेता सौगात मल्ल, फेशन कोरियोग्राफर
प्रशान्त ताम्राकार, अभिनेता सन्दिप क्षेत्री,
फोटोग्राफर राजीव श्रेष्ठ र फेशन डिजाईनर राजेश
धख्वा लगाएतका सेलेब्रिटीहरुको समेत सहभागिता
रहेको थियो । सेलिब्रिटीहरुसँग पानीमा भिज्दै
नाच्न पाउँदा पोखरेली युवायुवतीहरु अझै बढि खुशि
देखिन्थे ।
शनिबारको ईभेन्टको क्रममा व्यन्जनले पाँच लाख
रुपैयाँ भन्दा बढि कारोबार भएको जनाएको छ ।
उसले कारोबारबाट भएको नाफा मध्ये १० प्रतिशत
रकम कास्कीको भदौरे र लुम्लेका पहिरो
पिडितहरुलाई प्रदान गर्ने जनाएको छ । चार वर्ष
अगाडी स्थापना भएको व्यन्जन रेस्टुरेन्टले
वार्षिकोत्सवको क्रममा ‘व्यन्जन उत्सव’ समेत गर्दै
आएको छ । सात करोड रुपैयाँ लगानी रहेको
व्यन्जनमा साधारण दिनमा पनि २ सय भन्दा बढि
ग्राहकहरुले एकैसाथ खानपिन गराउन सक्ने क्षमता
रहेको छ ।
0 comments:
Post a Comment