भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १६ साउन– दाङका गरिब, दलित
वस्तीमा धर्म परिवर्तन अभियानकै रुपमा सञ्चालन
गरिएको छ । २०५८ सालमा ६४० मानिस दाङमा
क्रिस्चियन थिए । २०६८ सालसम्म आइपुग्दा धर्म
परिवर्तन गराउँने अभियानका कारण यो संख्या बढेर
७ हजार ४ सय ३१ पुगेको छ । क्रिस्चियन धर्म मान्नेहरु
बढ्नुमा पैसाको चलखेल भएको स्थानीयहरु बताउँछन् ।
दाङमा वर्सेनि स्थापना हुने चर्चका पछाडि ठूलो
लगानी रहेको स्थानीयहरु बताउँछन् । महंगा स्थानमा
जमिन किनेर धमाधम चर्च भवन बनाइनुले क्रिस्चियन
बढाउउन बढ्दो लगानी भइरहेको इंगित गर्छ ।
स्थानीयको अनुभवमा यो धर्ममा लागेका अगुवाको
उकासिएको जीवनस्तरले पनि यो अवस्था पुष्टि
गरेको देखिन्छ ।
दाङ सिसनियाका एक व्यवसायी भन्छन्,
‘एकजनार्ला क्रिस्चियन बनाएबापत यति पैसा
दिन्छु भनेर भनेजस्तो छ ।’
सिसनिया, कालापानीका देव चौधरीले आफ्नो
गाउम फैलिएको क्रिस्चियन बन्नेहरुका पछाडि
पैसाको ठूलो चलखेल भएको सुनाए । क्रिस्चियन
बनाउन ठेक्का दिएजस्तो देखिन्छ । ’ सोझै पैसा नपाए
पनि बनाउनेहरुले भने रकम लिने गरेको अनुभव उनको छ ।
दाङमा क्रिस्चियनहरुको संस भनेर परिचय पाएको
सामुदायिक उत्थान तथा परिवर्तन समाजको वर्षको
खर्च ४० लाख हारहारीमा देखिन्छ । कुन शीर्षकमा
खर्च हुन्छ त यत्रो रकम ? अध्यक्ष जीवन गुरुङ भन्छन्,
क्रिस्चियन बनाउन हैन, विपन्न वर्गका
विद्यार्थीर्ला छात्रवृत्ति, क्षयरोगीको लागि
होस्टल सञ्चालन र विभिन्न सामाजि काममा खर्च
हुन्छ । अध्यक्ष गुरुङकै भनाइ अनुसार पनि
घुमाउरोबाटोबाट क्रिस्चियन बनाउन पैसा खर्च
भइरहेको देखिन्छ ।
–नागरिक दैनिकबाट
0 comments:
Post a Comment