भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
टाइम म्यागजिनले इतिहासकै सबैभन्दा धनी
मानिसको सुची जारी घरको छ । टाइम म्यागजिन
को यो सूचीमा टिम्बकटूका राजा मनसा मूसा
पहिलो स्थानमा छन् । माइक्रोसफ्टका संस्थापक
बिल गेट्स पनि यस सूचीमा परेका छन् । टाइम
म्यागजिन को यो सूचीमा दिल्लीको सत्तामा
राज गर्ने मुगल सम्राट अकबर भारतका सबैभन्दा धनी
मानिसमा परेका छन्। टाइम म्यागजिनले मानव
इतिहासकै अहिले सम्मकै दश धनी मानिसको सुची
पहिलो पटक जारी गरेको छ ।
मानव इतिहासकै अहिले सम्मकै दश धनी मानिसको
सुची-:
१. मनसा मूसा (माली) –
टाइम म्यागजिनले टिम्बकटूका राजा मनसा
मूसालाई अहिले सम्मको सबैभन्दा धनी मानिसको
सूचीमा राखेको छ । सूचीमा १२८० देखि १३३७ सम्म
टिम्बकटूका राजा रहेका मनसा मूसाको सम्पति
सबैभन्दा बढिरहेको बताइएको छ ।
२ . अगस्तस केसर (रोम) –
टाइम म्यागजिनको सूचीमा दोस्रो नम्बरमा
रोमका राजा अगस्तस केसर रहेका छन् । ६३ बिसी
देखि ११ एडी सम्म राजा रहेका अगस्तस केसरको कुल
सम्पति ४६ खर्ब डलर रहेको बताइएको छ ।
३. सम्राट शेनजोंग (चीन) –
टाइम म्यागजिनको अनुसार संसारकै शक्तिशाली
साम्राज्य मध्य एक सोंग राजवंशका सम्राट शेनजोंग
टाइम म्यागजिनको सूचीमा तेस्रो स्थानमा छन् ।
१०४८ देखि १०८५ सम्म राज गरेका शेनजोंगको सम्पति
संसारकै जीडीपी २५ प्रतिशत बराबर थियो ।
४ . अकबर (भारत) –
टाइम म्यागजिनको अनुसार धनी मानिसहरुको
सूचीमा मुगल सम्राट अकबर चौथे नम्बरमा परेका छन् ।
अकबरको सम्पति संसारकै जीडीपीमा २५ प्रतिशत
बराबर रहेको थियो ।
५.जोसेफ स्टालिन (सोवियत संघ) –
धनी मानिसको सूचीमा सोवियत संघका राजा
जोसेफ स्टालिन पाँच नम्बरमा रहेका छन् । १९ ५० सम्म
सोवियत संघका राजा रहेका जोसेफ स्टालिनको
सम्पति संसारकै जीडीपी ९.६ प्रतिशत बराबर
थियो ।
६ . एंड्रयू कार्नेगी (अमेरिका) –
टाइम म्यागजिनले अमेरिकाको एंड्रयू कार्नेगीलाई
सूचीमा ६ स्थानमा राखेको छ । उनले आफ्नो कम्पनी
यूएस स्टीललाई १९०१ मा ४८ करोड डलरमा बेचेका
थिए ।यो अमेरिकाको जीडीपीको २.१प्रतिशत
भाग रहेको थियो । यदी वर्तमानमा उनको
सम्पतिको अंकलन गर्ने हो भने ३७२ अर्ब डलर हुन्छ ।
७ . जोन डी राकफेलर (अमेरिका) –
१९१८ मा जोन डी राक्फेलर द्वारा भरिएको इनकम
टैक्सको मुताबिक उनको सम्पति १.५ अर्ब डलर थियो
। उनले १८६३ मा पेट्रोलियम इन्डस्ट्रीमा लगानी गर्न
सुरु गरेका थिए । यदी बर्तमानमा उनको सम्पति अंकलन
गर्ने हो भने ३४१ अर्ब डलर हुन्छ ।
८. एलन रूफुस (इंगल्यान्ड) –
यस सूचीमा टाइम म्यागजिनले एलन रूफुस आठौं
स्थानमा राखेको छ । उनको मृत्युको समय उनको
सम्पति ११ हजार पाउण्ड रहेको थियो । यदी
बर्तमानमा उनको सम्पति अंकलन गर्ने हो भने १९४ अर्ब
डलर हुन्छ ।
९ . बिल गेट्स (अमेरिका) –
माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई टाइम
म्यागजिनको सूचीमा नवौ स्थानमा राखेको छ ।
फोर्ब्स म्यागजिनका अनुसार यस वर्ष गेट्सको
सम्पति ७८.९ अर्ब डलर रहेको छ ।
१० .चंगेज खान (मंगोलिया) –
चीन देखि युरोप सम्म सन् ११२६ देखि १२२८ सम्म राज
गरेका चंगेज खान टाइम म्यागजिनको सूचीमा दसौ
नम्बरमा परेका छन् ।
0 comments:
Post a Comment