भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, साउन १७ – आठौं नेफ्टा अवार्डको
मनोनयन शनिबार सार्वजनिक भएको छ । नेपाल
चलचित्र प्राविधिक संघले कतारमा गर्न लागेको
अवार्डमा ३५ विधामा अवार्ड प्रदान गरिने छ ।
अवार्डको मनोनयनमा चलचित्र टलकजंग भर्सेस टुल्के
सबैभन्दा धेरै १५ विधामा मनोनयनमा पर्न सफल भएको
छ ।
यस्तै चलचित्र जेरी १२, नोभेम्बर रेन १०, कबड्डी ९ तथा
लज्जा ८ विधामा मनोनयनमा पर्न सफल भएका छन् ।
टलकजंग भर्सेस टुल्के उत्कृष्ट चलचित्र, निर्देशक, वर्षको
लोकप्रिय चलचित्र, अभिनेता, अभिनेत्री, पटकथा,
सम्वाद, कला निर्देशन, सम्पादन सहित १५ विधामा
मनोनयनमा परेको छ । यस्तै जेरी उत्कृष्ट चलचित्र,
वर्षको लोकप्रिय चलचित्र, निर्देशक, अभिनेता,
छायांकन, सम्पादन, पटकथा सहित १२ विधामा
मनोनयनमा परेको छ ।
नेफ्ना अवार्डको यसपटकको संस्करणमा उत्कृष्ट
चलचित्रका लागि टलकजंग भर्सेस टुल्के, जेरी, कबड्डी,
लज्जा र नोभेम्बर रेनबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै उत्कृष्ट निर्देशकमा नोभेम्बर रेनका दिनेश राउत,
जेरीका हेमराज बिसी, लज्जाका नवल नेपाल, टलकजंग
भर्सेस टुल्केका निश्चल बस्नेत र वान वे का सुरज सुब्बा
मनोनयनमा परेका छन् । उत्कृष्ट अभिनेतामा नोभेम्बर
रेनबाट आर्यन सिग्देल, कबड्डीबाट दयाहाङ राई,
स्टुपिड मनबाट जीवन लुइँटेल, टुल्केबाट खगेन्द्र
लामिछाने र उत्सवबाट सौगात मल्ल मनोयनमा
परेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीमा नोभेम्बर रेनबाट
नम्रता श्रेष्ठ, लोग्नेमान्छेबाट नन्दिता केसी, नाइँ
नभन्नु ल ३ बाट प्रियंका कार्की, टलकजंग भर्सेस
टुल्केबाट ऋचा शर्मा र श्री ५ अम्बरेबाट केकी
अधिकारी मनोनयनमा परेका छन् ।
२०७१ साल भरिमा पर्दशनमा आएका चलचित्र मध्ये
नेफ्टाका लागि दर्ता भएका ५० भन्दा धेरै
चलचित्रबाट ६ जनाको जुरीले ३५ विधामा उत्कृष्ट
पाँचको मनोनयन गरेको हो । अन्तर्राष्ट्रिय
कलाकार मञ्च कतारसँग सहकार्य गरी नेफ्टाले
कतारमा यो वर्ष अवार्ड आयोजना गर्न लागेको हो
। यसअघि नेफ्टाले नेपाल बाहिर मलेसिया र हङकङमा
अवार्ड आयोजना गरिसकेको छ ।
0 comments:
Post a Comment