Home » » सुहागरातको समाप्ति.....

सुहागरातको समाप्ति.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले
पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले
दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक
अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र
दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने ।
दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।
एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला
पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख
निन्याउरो र सानो भएको थियो । बाजा बज्न
थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन ।
दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो
आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात
थियो । दुलाहा सुबोध भने दुविधामा थियो ।
त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको
थियो । दुबैले एक अर्काको मन बुझिसकेका थिएनन् ।
यो प्रेम विवाह थिएन ।
बाजा धन्कियो । दुलही पक्षका आफन्तका आँखा
रसिला भए । एकैछिनपछि दुलही अन्माएको घर चकमन्न
भयो । दुलहीलाई जन्मघरबाट कर्मघरतिर पराइहरूले
बाजाको तालमा नाच्दै गाउँदै लागिरहेका थिए ।
अब त्यो घर सिन्धुको घर थिएन । त्यो घर जहाँ उनी
जन्मिन्, हुर्किन्, खेलिन्, बढिन्, त्यो त माइतीमा
परिणत भइसकेको थियो । उनी बाटाभरि कल्पनानै
गरिरहिन् । उनका श्रीमान् उनी नजिकै थिए । अबका
दिनमा त्यो अपरिचित लोग्नेमान्छे नै सबैभन्दा
उनको नजिकको हुन्थ्यो । आफ्ना सबै कुरा उसलाई नै
समर्पित गर्नुपर्ने । उनी कहिले रमाएकी थिइन् भने
कहिले पराइ घरसँग डराएकी थिइन् ।
रात परिसकेको थियो । सिन्धुलाई अनेक चलन र
विधिविधानले बधूको रूपमा घरमा भित्र्याइयो ।
सबै खुशी थिए । रात पनि छिप्पिन लाग्यो ।
सिन्धुलाई दुलाहाको कोठामा लगियो । त्यस
कोठाको ढोका लगाउन लगाइयो । बन्द कोठामा,
एउटा नौलो मानिससँग उनको मन ढुक्क भयो । झ्याल
ढोका बन्द थिए । झ्याल ढोका सबैतिर पर्दा
लगाइएको थियो । आजैबाट चिनेको मान्छेसँग
उनलाई कुरा गर्न सहज भएन । उनी चुपचाप बसिरहिन् ।
सुहागरात दुलाहा र दुलही बन्द कोठामा सँगै रात
बिताउने पहिलो रात, अविस्मरणीय रात, सृष्टिलाई
निरन्तर अघि बढाउने क्रमको प्रथम सुरूवात, पुर्खौदेखि
पछ्याउँदै आएको रीति, दुई जीवनको संयोग ।
सुबोधको भने यो पहिलो सुहागरात थिएन । उसको
पहिलो सुहागरातले उसलाई आजसम्म पनि पीडा दिँदै
आएको थियो । यसरी नै केही महिना पहिले उसले
पहिलो चोटि विवाह गरेको थियो । दुलहीलाई
यसरी नै घर ल्याएको थियो । दुलही कोठामा
आइसकेकी थिइन् । उसले दुलहीसँग कुरा अघि बढाउन
चाहृयो । दुलही ऊबाट परपर भइन् । आखिरमा उनको त
अर्कै केटासँग प्रेम भएको कुरा दुलहीले खुलस्त गरिन् ।
सुबोध छाँगाबाट खसेजस्तो भएको थियो । दुलहीले
आफ्नो प्रेमीलाई डाकिन् र प्रेमीले पनि तुरून्तै आई
उनलाई लग्यो । त्यो दिन उसको सुहागरात नभइ
बोझिलो रात भएको थियो । त्यो दिनदेखि ऊ
सुहागरातसँग डराउँथ्यो ।
रात चकमन्न हुँदै थियो । सिन्धुले आफ्ना साथीहरूको
सुहागरातका कुरा सुनेकी थिइन् । उनको एउटा
साथीको श्रीमान् त सुहागरातकै बखत मादक पदार्थ
धोकेर झगडा गर्न आएको थियो । यो कुराले उनी
पनि तर्सिन् तर सुबोध असल थियो । आगोलाई
साक्षी राखी जग्गेलाई सातफेरा लगाई नयाँ जीवन,
नयाँ वातावरण र नयाँ सम्बन्ध आत्मसाथ गर्दै सङ्कल्प
गरी विवाह बन्धनमा बाँधिएका यिनीहरू मन, बचन र
कर्मले निश्चल र पवित्र थिए । पति पत्नीको प्रेमको
अङ्कुर टुसाउँदै विश्वास फैलदै जाँदै थियो । प्रेम
मौलाउन थाल्यो । विस्तारै लाज हराउन थाल्यो ।
कुरा विस्तारै अघि बढ्दै गयो ।
सुबोधले उनको घुम्टो खोल्यो, नाडीका हातका
चुरा चलायो । उसको स्पर्श सिन्धुलाई पनि मीठो
लाग्न थाल्यो । बिस्तार बिस्तार सिन्धुलाई पनि
सुबोध चिनेको आफ्नै मानिस झैं लाग्न थाल्यो ।
उनी पनि सुबोधसँग बोल्न थालिन् । आखिरमा रात
छिप्पिँदै गयो । सुबोधले उनलाई ओछ्यानमा आउन
आग्रह गर्यो तर उनीअटेर भई जहाँको तहीँं रहिन् ।
सुबोधले उनको हात तानेर ओछ्यानमा लगे उनी
हाँसिन् र बोलिन् –
‘छि हजूर त कस्तो मान्छे !’
भोलि बिहान भयो । रात सकियो । बिहानी
भएको आभाष चराचुरूङ्गीले दिए । सिन्धु ओछ्यानमै
पल्टिरहेकी थिइन् । एउटा नौलो अनुभूति दुबैलाई
भइरहेको थियो । दुबै एकअर्काप्रति समर्पित थिए ।
सिन्धुको केशराशी यताउति अनुहारतिर छरिएको
थियो । सिन्धु कपाल पन्छाउँदै सुबोधसँग मुस्काइन् ।
सुबोध पनि आफ्नो जिउ तन्काउँदै सिन्धुसँग मुस्कुरायो
। यसपालिको सुहागरातले सुबोधलाई चिन्ता दिएन
। ऊ आफैँमा रमायो । यो सुहागरातको चाहिँ
रमाइलो समाप्ति भयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved