Home » » खुमबहादुरद्वारा हिन्दु राष्ट्रको मागसहित राजधानीमा प्रदर्शन....

खुमबहादुरद्वारा हिन्दु राष्ट्रको मागसहित राजधानीमा प्रदर्शन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसको हिन्दु
राष्ट्र स्थापना महाअधियानका संयोजक खुमबहादुर
खड्काले आज राजधानीमा बृहत प्रदर्शन गर्नुभएको छ ।
काठमाडौंको तिनकुनेबाट नयाँबानेश्वर
संविधानसभा भवनसम्म खड्काको नेतृत्वमा र्याली
निकालिएको हो ।
र्यालीका सहभागीले हिन्दुष्ट्र बनाउन माग गर्दै
नाराबाजी गरेका थिए । उनीहरूले नयाँ संविधानमा
हिन्दु राष्ट्र राख्नुपर्ने भन्दै माग गरेका थिए ।
उल्लेख्य सहभागिता रहेको र्यालीका क्रममा
पत्रकारसँग कुरागर्दै संयोजक खड्काले
असीप्रतिशतभन्दा बढी हिन्दु बसोबास गर्ने मुलुकलाई
विदेशीको इसारामा धर्मनिरपेक्ष बनाउन खोजेको
भन्दै अपात्ति जनाउनुभयो ।
कांग्रेस नेता खड्काले मुलुकलाई हिन्दुराष्ट्र बनाउन
माग गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै
आउनुभएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved