Home » » गृहमन्त्री बस्नेतद्वारा पदबहाली लगत्तै मातहतका अधिकारीलाई निर्देशन

गृहमन्त्री बस्नेतद्वारा पदबहाली लगत्तै मातहतका अधिकारीलाई निर्देशन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


१ कात्तिक, काठमाडौं ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको
शान्तिसुरक्षाको प्रभावकारी बन्दोबस्त गर्न र
जनतालाई सुशासनको अनुभूति दिन कुनै पनि कसर
बाँकि नराख्न मातहतका अधिकारीलाई निर्देशन
दिएका छन ।
गृह मन्त्रालयमा आज आफ्नो पदबहाली गर्दै उनले
जनताले प्रत्यक्ष रुपमा अनुभव गर्ने गरी
शान्तिसुरक्षाको प्रबन्ध गर्न र जनताको भावना
तथा चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गर्न
आग्रह गरे ।
गृह प्रशासनसँग जनताको सम्बन्ध नङ र मासुको जस्तो
हुने भएकाले त्यसलाई ख्याल गर्न र पारदर्शी ढङ्गले
जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रहरी
प्रशासन जनताको सेवक भएकाले सोही अनुसार
अगाडि बढ्न र जनअपेक्षालाई सम्मान गर्नसमेत उनले
आग्रह गरे ।
गृहसचिव सूर्य सिल्वालले गृह मन्त्रालयको काम
कारबाहीका बारेमा मन्त्री बस्नेतलाई जानकारी
गराएका थिए । सो अवसरमा गृह मन्त्रालयका
उच्चअधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र
राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत
अधिकारीको उपस्थिति थियो । जाजरकोटको
खलङ्गा कालेगाँउमा २०२८ साल वैशाख १ गते
जन्मिएका गृहमन्त्री बस्नेत संविधानसभाको दोस्रो
निर्वाचनमा जाजरकोट क्षेत्र नं १ बाट निर्वाचित
भएका थिए ।
माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र युद्धमा
प्रत्यक्ष रुपमा सहभागी भएका उनी हाल
एमाओवादीका स्थायी समिति सदस्य छन । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved