भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कार्तिक २, २०७२-
परराष्ट्रमन्त्री कमल थापा
र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच
नेपालमा भारतले लगाएको अघोषित
नाकाबन्दीबारे छलफल भएको छ ।
भारतीय प्रधानमन्त्री निवास
रेसकोर्समा भएको छलफलमा मोदीले
सहज भएको नाकाबाट निर्यात बढाउने
आश्वासन दिएका छन् ।
तर वार्तामा रक्सौल नाका सूचारु गर्ने
बिषयमा कुनै छलफल नभएको भेटमा संलग्न
एक अधिकारीले बताए ।
मोदीले अरु राजनीतिक समस्यालाई
समाधान नगरी सम्बन्धको सबै आयाम
फराकिलो हुन नसक्ने जवाफ दिएको
भेटमा संलग्न अधिकारीले बताएका छन् ।
जवाफमा परराष्ट्रमन्त्री थापाले
आन्तरिक समस्या मिलाउनको लागि
सरकारले संवाद र समझदारी अघि
बढाएको बताएका थिए ।
छलफलपछि कान्तिपुरसँग कुरा गर्दै
परराष्ट्रमन्त्री थापाले सम्भववत
तिहारपछि हुने प्रधानमन्त्री केपी
शर्मा ओलीको भ्रमणको क्रममा बाँकी
रहेको बिषयमा कुराकानी हुने बताए ।
0 comments:
Post a Comment