भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, कार्तिक ३ । संयुक्त विद्यार्थी
संगठनले प्रधानमन्त्री केपी ओलीलाई भेटेर
अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिको
व्यवस्था मिलाउन ध्यानाकर्षण गरेको छ ।
विद्यार्थी संगठनले भारतले लगाएको
अघोषित नाकाबन्दी हटाउन कुटनीतिक पहल
गर्न र कालोबजारी गर्नेलाई कारबाही गर्न
प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो ।
ध्यानाकर्षणपत्र बुझ्दै
प्रधानमन्त्री ओलीले मुलुकको समस्या निकट
भविष्यमै समाधान हुने बताए ।
उनले एकपक्षीय रुपमा भारतको मात्र भरपर्दा
मुलुकले दुर्दशा व्यहोर्नुपरेको बताउँदै सबै
नेपालीले आफ्नो स्वाभिमानलाई कायम
राख्नुपर्नेमा जोड दिए ।
0 comments:
Post a Comment