भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३ कार्तिक,काठमाडौं ।प्रधानमन्त्री केपी ओली र
नेपालका लागि चिनिया राजदूत उ चुन्ताइबीच आज
भेटवार्ता भएको छ । नेपालले इन्धन अभाव
खेप्नुपरिरहेको अवस्थामा प्रधानमन्त्री निवास
बालुवाटारमा ओलीले चिनिया राजदूतसँग भेट गरेका
हुन ।
भेटमा ओलीले भारतीय नाकावन्दीको कारण
मुुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक
पेट्रोलियम पदार्थ उपलब्ध गराउनका लागि पहल
गरिदिन आग्रह गरेका छन ।
जवाफमा चिनिया राजदूत चुन्ताइले पेट्रोलियम
पदार्थ नेपाललाई उपलब्ध गराउनका लागि चीन
सरकार सकारात्मक भएको भन्दै त्यसका लागि
आवश्यक पहल आफलु गर्ने जानकारी गराएका छन ।
पेट्रोलियम पदार्थ चीनसँग खरिद गर्ने सम्वन्धमा
सरकारी स्तरमा औपचारिक प्रस्ताव आए त्यसमा
सहयोग गर्न चीन सधै सकारात्मक रहेको जानकारी
समेत चुन्ताइले गराएका छन । भेटमा चिनिया राजदूतले
नयाँ संबिधान जारी भएकोमा चीनले स्वागत गरेको
भन्दै प्रधानमन्त्री ओलीलाई चिन भ्रमणको निम्ता
समेत दिएका छन ।
ओलीले समय तय गरेर चिन भ्रमण गर्ने जानकारी समेत
गराएको बुझिएको छ ।
0 comments:
Post a Comment