भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चार सदस्यीय वार्ता टोलीमा कांग्रेसलाई पनि
सहभागी गराइने
काठमाडौं, २ कात्तिक । सरकारले आन्दोलनरत थारु र
मधेसी केन्द्रित दलहरूसँग वार्ता गर्नका लागि चार
सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको
संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन
गरेका उद्योगमन्त्री सोमनाथ पाण्डेले जानकारी
दिनुभयो ।
वार्ता टोलीको सदस्यहरूमा कानुनमन्त्री अग्नि
खरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र
विनाविभागीय मन्त्री रामजनम चौधरी रहनुभएको
छ ।
वार्ता टोलीले आन्दोलनरत थारु र मधेस केन्द्रित
दलहरूसँग वार्ता गर्नेछ । वार्ता टोलीमा प्रमुख
प्रतिपक्ष कांग्रेसलाई पनि सहभागी गराइने मन्त्री
पाण्डेले बताउनुभयो । यद्यपि वार्ता टोलीमा बस्ने
वा नबस्ने कांग्रेसले केही जनाएको छैन ।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदी र भारतीय मन्त्रीहरूसँग भेट गरेका थापालाई
सरकारले मधेसी दलहरूसँग वार्ता गरी निकास खोज्ने
जिम्मेवारी दिएको छ ।
मन्त्रिपरिषद् बैठकले कारागार नियमावली संशोधन
गरेको छ । सरकारले कैदीहरूको सजाय घटाउने गरी
कारागार नियमावली संशोधन गरेको हो ।
संशोधित नियमावलीअनुसार अब ४० प्रतिशत कैद
भुक्तान गरेका तथा ६५ वर्ष उमेर पुगेका कैदीलाई
सरकारले कैद मिनाहा गर्ने बाटो खुलेको छ ।
यसअघि कैद मिनाहाका लागि ५० प्रतिशत कैद
भुक्तान गरेको वा ७० वर्ष उमेर पूरा भएको हुनुपर्ने
व्यवस्था थियो ।
0 comments:
Post a Comment