भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, २ कात्तिक– एकीकृत माओवादी अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका मन्त्रीहरुलाई
लाजिम्पाटस्थित निवासमा बोलाएर
छिटोछरितो र प्रभावकारी रुपमा काम गर्न
निर्देशन दिएका छन् ।
सोमबार बिहान उपप्रधान तथा उर्जामन्त्री
टोपबहादुर रायमाझीसहित पार्टीका आठैजना
मन्त्रीलाई बोलाएर उनले राजनीतिक आस्थाका
आधारमा भेदभाव र पूर्वाग्रह नराखी जनतालाई
समान व्यवहार गर्न पनि निर्देशन दिए ।
‘कम्तिमा हामीले सम्हालेका मन्त्रालयमा
भ्रष्टाचार र अपारदर्शी काम भएको सुन्नुनपरोस्’,
प्रचण्डको भनाइ उद्धृत गर्दै बाणिज्य तथा
आपूर्तिमन्त्री गणेशमान पुनले काठमाण्डु टुडेसँग भने,
‘जनताको काम छिटोछरितो र प्रभावकारी होस्,
राजनीतिक आस्थाका आधारमा कसैमाथि भेदभाव
नगर्नुस् ।’
पुनका अनुसार जुनसुकै आस्था र विचारका भए पनि
राज्यका नजरमा सबै जनता बराबरी हुन् भन्ने मान्यता
स्थापित गराउन प्रचण्डले भनेका थिए ।
यस्तै प्रचण्डले कार्यसम्पादनमा कमजोर र
भ्रष्टाचारमा संलग्न रहेको पाइए तत्काल मन्त्रीबाट
बर्खास्त गर्ने चेतावनीसमेत दिएका छन् ।
एकीृकत माओवादीले वर्तमान सरकारमा उपप्रधान र
गृहसहित आठ मन्त्रालय पाएको छ ।
0 comments:
Post a Comment