भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
देशमा असहज परिस्थित रहेको भन्दै दशैंमा टिका
नलाइदिने
काठमाडौं – देशमा संविधान जारी भएको विषयमा
मौन रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले बल्ल यस
विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
विजयादशमीको अवसरमा शुभकामना वक्तव्य जारी
गर्दै शाहले देशमा असहज परिस्थित रहेकोमा चिन्ता
व्यक्त गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले जनताको भावनालाई
संविधानले समेट्न नसकेकाले अहिलेको समस्या उत्पन्न
भएको बताएका छन् । ‘मैले जाने बूझे सम्म राष्ट्रको मूल
कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै समूदाय र सवै
भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार गरेको
प्रचलित परिपाटी एवं सनातनी संस्कृती र
गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह,
विवाद र विरोध उत्पन्न गर्दछ,’ उनले भनेका छन् ।
उनले हाल देखिएको समस्याले देशमा एकतामा खलल
पुग्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
‘हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान
द्धन्द्र, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक
जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको
स्थितीमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै
हो,’ विज्ञप्तिमा उल्लेख छ । उनले यो कठिन घडी धेरै
लम्बिन नहुने बताएका छन् ।
टिका लगाउने कार्यक्रम स्थगित
हरेक वर्ष आफ्ना समर्थकहरुलाई टिका लगाइदिँदै
आएका पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष भने टिका
नलगादिने भएका छन् । नेपालीहरुको दैनिक जीवनमा
आई परेको असहज परिस्थिती र आवागमनमा उत्पन्न
कठिनाइका कारण यस वर्ष विजया दशमीका दिन
टिका बक्सने कार्यक्रम नहुने व्यहोरा पूर्व राजाबाट
जारी वक्तव्यमा उल्लेख छ ।
वक्तव्यको पूर्ण पाठ
प्यारा नेपाली दिदी वहिनी तथा दाजूभाइ,
नेपाली समाजको मौलिक पहिचान, गौरव र गरिमा
प्रस्तूत गर्ने वडा दशैको यो महान् धार्मिक,
सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश
भित्र र देश बाहिर रहे वसेका समस्त नेपाली दाजूभाइ
दिदीवहिनीहरुमा सूख, शान्ति, समृद्धी र प्रगतिका
लागी हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछू ।
लामो समयको अनिश्चितता र कठिन संक्रमणकालिन
अवस्था पछि, राष्ट््रको मूल कानुनबाट मूलूकमा
शान्ति, प्रजातन्त्र, स्थायीत्व र आर्थिक संमृद्धी सगैं
आपसी सद्भाव स्थापीत हूने छ भन्ने चाहना र धैर्य
नेपालीहरुले राख्दै आएका हून् । जनताद्वारा जनताका
निम्ति बन्नू बनाईनू पर्ने विधि व्यवस्था आम
जनतावाटै अनूमोदित हुनुपर्ने हुन्छ । मैले जाने बूझे सम्म
राष्ट्रको मूल कानूनमा राष्ट्रका सबै वर्ण, सवै वर्ग, सवै
समूदाय र सवै भूक्षेत्र तथा अधिकतर जनताले अहिंकार
गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृती र
गतिविधीलाई नसमेटिदा स्वभावत त्यसले विग्रह,
विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माण र
व्यवस्थापनको महत्वपुर्ण घडीमा देशका जिम्मेवार
सूरक्षा पात्र र होनहार नागरिकहरुको जिउ ज्यान नै
जोखिममा पर्नू अझ गभ्भिर चिन्ताको विषय हो ।
परस्पर मिलिजूली एकताका साथ रहिआएकोे हाम्रो
नेपाली समाजमा हाल देखा परेको परिस्थिति
नेपाल र नेपालीको अहित हूने तर्फ अघि नबढोस् ।
समग्र सहभागिता, समस्त सामन्जस्य र सम्पुर्णको
समावेशी समर्थन नै हाम्रो राज्य व्यवस्थाको आधार
बन्नू पर्दछ ।
हिमाल, पहाड र तराईमा देखा परेको विध्यमान
द्धन्द्र, विग्रह, कचिगंल, अन्योल, असन्तोष र दैनिक
जीवनमा आईपरेको कठिन अवस्था एवं अभावको
स्थितीमा, मेरो चासो र चिन्ता रहनु स्वाभाविकै
हो । आम नागरिकले सधै नै निर्धारित सूलभ वजार
व्यवस्था तथा नियमित आवागमनको सूचारु सूविधा
पाउनू पर्दछ । तर दशैं, तिहार र छट जस्ता नेपालीहरुको
विशेष चाडपर्वमा समेत वजारमा इन्धन, औषधी एवं
खाध्यान लगायतका दैनिक उपभोग्य बस्तू कै अभाव
हूनूको साथै नेपाली नागरिकहरुले सहज ढंगले आवागमन
गर्न समेत पाईरहेका छैनन् । यसबाट न्युन आयस्रोत
भएकाहरुले त झनै मार खप्नू परेको तितो तथ्य हाम्रा
अ३िल्तिर देखा परेको छ । भूकम्पको प्राकृतिक कम्पन
एवं अन्योल र अलमलको राजनितिक उल्झनबाट
पिडीत नेपाल र नेपाली जन जिवनको यो कठोर
कालखण्ड अव धेरै लम्विनू हूदैंन भन्ने मेरो चाहना रहेको
छ ।
राष्ट््िय स्वार्थ, राष्ट््िरयता र राष्ट््िरय
समस्याको समाधान गर्न नेपाली मनको
सक्रियताबाट अघि बढ्न श्री नवदुर्गा भवानीवाट
हामी सवैलाई सत् प्रेरणा प्राप्त होस् ( यहि मेरो
कामना छ ।
जय नेपाल
0 comments:
Post a Comment