भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दक्षिण कोरिया । साना तथा मझौला कम्पनीमा
कार्यरत भूकम्पपीडित नेपाली कामदारलाई बिदा
दिने व्यवस्था गर्न कोरियाको श्रम विभागले
कम्पनीहरुलाई पत्राचार गरेको छ ।
कोरियास्थित नेपाली दूतावासको आग्रहपछि
विदेश मन्त्रालयले उद्योग मन्त्रालयलाई परिपत्र
गरेको थियो । श्रम विभागले मंगलबारदेखि
कम्पनीहरुलाई पत्र पठाउन थालेको हो ।
श्रम विभागद्वारा प्रेषित पत्रमा नेपालमा ठूलो
भूकम्प गएकाले परिवारमा मृतक भए अन्त्येष्टि, घाइते
भए उपचार र हराएको भए खोजबिनका लागि बिदा
मिलाइदिन उल्लेख गरिएको छ ।
कम्पनीहरुलाई प्राप्त पत्रमा नेपालमा गएको
विनाशकारी भूकम्पमा सक्दो सहकार्य गर्न भनिएको
छ । २८ हजारको संख्यामा रहेका नेपाली
कामदारमा भूकम्पबाट बढी प्रभावित जिल्लाका
उल्लेख छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।
0 comments:
Post a Comment