Home » » बेलायती उद्धार टोली रोकेकै हौं : परराष्ट्रमन्त्री

बेलायती उद्धार टोली रोकेकै हौं : परराष्ट्रमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले
उद्धारको काम सकेर विदेशी टोली फर्किने बेलामा
बेलायती उद्धार टोलीसहितको जहाज आउन
खोजेपछि अनुमति नदिइएको स्पष्ट गरेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र ढिलो गरी
बेलायती उद्धार टोली आउन खोजेकाले अनुमति
नदिइएको पाण्डेले बताए। बेलायतले मे ७ र ८ मा
उद्धार टोलीको जहाज अवतरणका लागि सरकारसँग
अनुमति मागेको थियो।
'हाम्रो विमानस्थलको क्षमताभन्दा गह्रौं जहाज
अवतरण गर्न दिन मिल्दैन', मन्त्री पाण्डेले बिहीबार
अन्नपूर्णसँग भने, 'उद्धारको काम सम्पन्न गरेर अन्य
विदेशी टोली फर्किने बेला बेलायती टोली आउन
खोजेको थियो। हामीले उद्धार टोली तत्काल
आवश्यक छैन भनेका हौं।'
बेलायतसँग पुरानो कूटनीतिक सम्बन्ध रहेको जनाउँदै
मन्त्री पाण्डेले भने, 'पुनस्र्थापना र पुनर्निर्माणमा
बेलायतको सहयोगका लागि रातो कार्पेट ओछ्याउन
तयार छौं।'
उद्धारका लागि नेपाल सरकारसँग नै हेलिकोप्टर
पर्याप्त रहेको मन्त्री पाण्डेले बताए। 'मंगलबार भूकम्प
आउनेबित्तिकै धेरै मुलुकले उद्धार टोली पठाउँछौं
भनेका थिए', उनले भने, 'उनीहरूलाई केहीबेर पर्खन
भन्यौं।
पछि हाम्रै स्रोतले धान्ने भएपछि उद्धारमा सहयोग
मागेनौं।'विभिन्न देशमा राहत संकलन भइरहेको र
त्यसलाई सरकारी नियन्त्रणमा भित्र्याउने प्रयास
भइरहेको पनि मन्त्री पाण्डेले बताए।
'विभिन्न देशमा हाम्रा मिसन छन्, त्यसमार्फत राहत
ल्याउने व्यवस्था गरेका छौं', उनले भने। राहतका
लागि हाल आएको स्वदेशी विदेशी सहयोग
प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरेको
जानकारी दिँदै उनले भने, 'प्रधानमन्त्री कोषबाट गृह
मन्त्रालय हुँदै जिल्ला-जिल्ला पुग्छ।'
पुनर्निर्माणका लागि सरकारले गठन गरेको दुई सय
अर्बको कोषमा सहयोगका लागि विदेशी मुलुक र
दातृ निकायलाई आह्वान गरिने उनले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved