Home » » आफ्नो विरोध भएको भन्दै मंगलबारको भूकम्पपछि उद्धार टोली पठाएनन् मोदीले....

आफ्नो विरोध भएको भन्दै मंगलबारको भूकम्पपछि उद्धार टोली पठाएनन् मोदीले....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, ३१ वैशाख– वैशाख १२ गते गएको
विनासकारी भूकम्पपछि नेपालमा राहत र
उद्धारका लागि सैनिक पठाउन ठूलो उत्साह
देखाएको भारतले २९ गते गएको भूकम्पछि भने
खासै उत्साह देखाएन ।
यसको प्रमुख कारण उद्धारमा आएको
भारतीय सेना र समचार संकलनमा आएका
पत्रकारका विरुद्धमा मिलेको नकरात्मक
प्रतिक्रिया भएको उसले बताएको छ ।
वैशाख १२ गते आएको भूकम्पपछि भारतीय
विमानले एयरपोर्ट भरिएको आरोप नेपालले
लगाएको उसले बताएको छ । त्यही कारण
केही विमानलाई नेपालमा अवतरणको
अनुमति पनि नदिएका कारण फकर्नु परेको
बताइएको छ ।
नेपालको केही स्थानमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला पनि
जलाइएको थियो ।
यस विषयमा बुधबार भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील
कोइरालासँग कुराकानी गरेका थिए । तर
यसपटक मोदी र सुशीलबीचमा भएको वार्ता
भूकम्पपछि दुई देशका बीचमा हुने गरेका
कुराकानी भन्दा फरक थियो ।
कुराकानीपछि मोदीले आफ्नो ट्वीटरमा
लेखेका छन्, ‘प्रधानमन्त्री सुशील
कोइरालासँग मैले फोनमा कुरा गरे । फोनको
झड्कापछि देखिएको परिस्थितिको
हामीले समीक्षा ग¥यौ ।
वैशाख १२ को भूकम्पलगत्तैको ट्वीटमा
मोदीको भाषा अकै थियो । उनले लेखेका
थिए, ‘प्रधानमन्त्री सुशील कोइरालासँग
कुरा भयो । उनी बैंककबाट काठमाण्डु आउँदै
थिए । यस आपतकालीन समयमा मैले उनलाई
हरसम्भव मद्दत गर्ने भरोसा दिलाएँ ।’
त्यसँगै मोदीले यो पनि बताए कि भूकम्पको
बारेमा कोइरालालाई उनीबाटै थाहा
भएको थियो । त्यसपछि एक घण्टाभित्रै
समीक्षाका लागि भारत सरकारको बैठक
बसेको थियो र मोरारी बाबुले नेपालका
लागि ५१ लाख रुपैयाँ मद्दत गरेको बारेमा
मोदीले नै ट्वीट गरेका थिए । यसपछि केही
दिनसम्म उनी लगातार निजी तरिकाले
नेपालका बारेमा समीक्षा गरिरहेका थिए ।
यसपटक विदेश मन्त्रालय नै पर्याप्त भयो ।
भारतमा नेपालीकी प्रयासका केही
ट्वीटका अलवा अरु केही पनि चासो
देखाएनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved