भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टीएनो
रोनाल्डोले नेपालका भूकम्प पीडितका लागि
दिएको ५ मिलियन पाउण्डको समाचार सत्य नभएको
सेभ द चिल्ड्रेनले जनाएको छ।
‘क्रिस्टीएनो रोनाल्डोले सेभ द चिल्ड्रेनको
नेपालमा आपतकालिन उद्धारका लागि अनुदान दिए
भन्ने हालैको सूचना गलत हो’, बेलायतबाट प्रकाशित
हुने द गार्जियन पत्रिकाकाले समाचार लेखेको छ।
फ्रान्सको प्रकाशन ‘द फुट’लाई उदृत गर्दै गार्जियनले
यसअघि क्रिस्टीएनो रोनाल्डोले ५ मिलियन
पाउण्ड नेपालका भूकम्प पिडितलाई सहयोग गरेको
समाचार प्रकाशित गरेको थियो।
यो समाचार नेपाली संचार माध्यममा पनि
प्राथमिकताका साथ प्रकाशित भएको थियो।
उक्त समाचारमा पोर्चुगलका ३० वर्षिय फुटबल
खेलाडीले आफ्ना १०० मिलियन फेसबुक फलोवरलाई
पनि सहयोगका लागि अपिल गरेको बताईएको
थियो।
सेभ द चिल्ड्रेनका अनुसार, रोनाल्डोले नेपालको
भूकम्प लगायत अन्य कारणले बालबालिकाको भोग्नु
परेको समस्याका बारेमा विश्वभर चेतना ल्याउन
सहयोग गरेका छन्।
रोनाल्डो सेभ द चिल्ड्रेनका विश्व सद्भावना दुतसमेत
हुन्।
0 comments:
Post a Comment