भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, वैशाख ३१ - नेपाली सेनाले उद्धारमा
खटिएको अमेरिकी सेनाको यूएच-१ वाई हुवे
हेलिकप्टर बिहीबार पनि फेला नपरेको जनाएको
छ ।
वैशाख २९ गते गएको शक्तिशाली भूकम्पपछि
दोलखाको सुनखानीमा खोज तथा उद्धार
कार्यको लागि गएको हेलिकप्टरको अवस्था अझै
अज्ञात छ ।
'पैदल र हवाई साधनहरुद्वारा गरिएको खोजी
कार्यलाई भोली बिहानसम्मको लागि स्थगित
गरिएको छ,' सैनिक जनसम्पर्क निर्देशनालयले
बिहीबार साँझ जारी गरेको विज्ञप्तीमा
लेखिएको छ ।
हेलिकप्टर खोजी कार्यको लागि गएको हवाई
साधनहरुबाट फर्कने क्रममा पुनः दोलखा
जिल्लामा गएको भूकम्पबाट घाइते भएका
बिरामीहरुलाई उपचारको लागि काठमाडौं
ल्याउने कामसमेत भइरहेको सेनाले जनाएको छ ।
0 comments:
Post a Comment