Home » » ‘भावी प्रधानसेनापति’ थापालाई रथीको दर्ज्यानी चिन्ह

‘भावी प्रधानसेनापति’ थापालाई रथीको दर्ज्यानी चिन्ह

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, ६ कात्तिक । भावी प्रधानसेनापतिका रुपमा हेरिएका नेपाली सेनाको नवनियुक्त रथी पूर्णचन्द्र थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधान सेनापति निवास शशीभवनमा शुक्रबार आयोजित विशेष समारोहमा थापालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो । उपरथी थापा असोज १४ गतेको मन्त्रिपरिषद् बैठकबाट रथीमा बढुवा हुनुभएको थियो ।

रथी थापाले सिरिया र इजरायलको विवादग्रस्त क्षेत्र गोलान हाइटमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनको फोर्स कमाण्डर तथा मिशन प्रमुख भई आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । हाल बिदामा स्वदेश फिर्ता हुनु भएको अवसर पारी उहाँलाई दज्र्यानी चिन्ह प्रदान गरिएको हो । मन्त्रीपरिषद्को सोही बैठकले रथी थापालाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी बलाध्यक्षको कार्यालयमा पदस्थापन गरेको थियो भने यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका रथी बलदेव राज महतलाई बलाधिकृतको जिम्मेवारी सम्हाल्ने गरी बलाधिकृतको कार्यालयमा सरुवा गरेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved