Home » » जुवाको खालमा भीडन्त, प्रहरीमाथि आक्रमण, केही जुवाडे पक्राउ

जुवाको खालमा भीडन्त, प्रहरीमाथि आक्रमण, केही जुवाडे पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


गौशाला, ६ कात्तिक । प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।

ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरूले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् ।

घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved