Home » » एकअर्काको बच्चालाई दुध चुसाउने यी महिलाको अनौठो दोस्ती

एकअर्काको बच्चालाई दुध चुसाउने यी महिलाको अनौठो दोस्ती

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


स्टेफनी टाटाबिट्टो र क्रिस्टल क्लेइन पाँच वर्ष पहिले
फेसबुकमा साथी बनेका थिए । भर्चुअल दुनियाको यो
मित्रता विस्तारै गहिरो सम्बन्धमा बदलियो । करीब
दुइ वर्ष पहिले दुबैले बिहे गरे । दुबैका बच्चा पनि भए । दुबै
साथीका बच्चा भएपछि आ आफ्ना बच्चाको
हेरचाहका लागि समस्या भयो किनकी दुवै जनाको
नाइट सिफ्टको जागिर थियो महिनामा एक हप्ता ।
त्यसपछि उनीहरुले एक अर्काको बच्चाको हेरचाह तथा
पालनपोषण गर्ने फैसला गरे ।
क्रिस्टलको जागिर जब नाइट सिफ्टमा हुन्छ तब
स्टेफनीले उनकी छोरीलाई आफ्नो दुध चुसाउँछिन् ।
अनि जब स्टेफनी नाइट सिफ्टमा जागिरमा जान्छिन्
तब क्रिस्टलले उनकी छोरीलाई पनि आफ्नी
छोरीलाई जस्तै आफ्नो दुध चुसाउँछिन् ।
अहिले क्रिस्टलकी छोरीको उमेर १९ महिना तथा
स्टेफनीकी छोरीको उमेर दुइ वर्ष भएको छ । स्टेफनी
अहिले पनि हप्तामा कम्तिमा ६ दिन क्रिस्टलकी
छोरीलाई दुध चुसाउँछिन् ।
बच्चालाई स्तनपान गराउनु प्राकृतिक कुरा रहेको र
आफुले गरिरहेको काम दुवै जनाको परिवारको लागि
निकै राम्रो कुरा भएको भन्दै क्रिस्टलले आफुले अरु
महिलाले के भन्लान् भन्ने कुराको वास्ता नगर्ने बताइन्
। एक अर्काको बच्चालाई दुध चुसाउने यो कार्यले
आपसी सम्बन्ध मजबुत भएका उनको भनाइ छ ।
स्टेफनीको बच्चालाई दुध चुसाउने आफ्नो निर्णयमा
श्रीमानले कुनै बाधा विरोध नगरेको क्रिस्टल
बताउँछिन् । स्टेफनीले त अहिले चुरोट तथा रक्सी खान
पनि छाडिदिएकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved