Home » » सरकारले हदै पार गर्‍यो भने मधेसका युवाहरु हतियार उठाउँछन् : राजेन्द्र महतो,‘ओली सरकार उल्लुुहरुको सरकार हो’

सरकारले हदै पार गर्‍यो भने मधेसका युवाहरु हतियार उठाउँछन् : राजेन्द्र महतो,‘ओली सरकार उल्लुुहरुको सरकार हो’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिरहा, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको अहिलेको सरकारलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उलुुको सरकार भएको टिप्पणी गरेका छन् ।सद्भावना पार्टी क्षेत्र नम्बर १ सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भने, ‘आन्दोलनले देश तहसनहस भएको छ । तर यो उल्लुु सरकार आन्दोलनलाई आन्दोलन देख्दैन् ।’ उल्लुुले दिनमा नदेखेर राती मात्र देखेझै वर्तमान सरकार गरेको उनको टिप्पणी थियो ।सरकारले बार्ता सार्थक बनाउन ठोस धारणा ल्याउन नसकेकोमा अध्यक्ष महतो आक्रोसित देखिए । उनले भने– ‘देश प्रमुख तीन दलका कारण ठप्प भएको छ । त्यसैले उनीहरुलाई एकमत भएर आउन मेरो विशेष आग्रह छ ।’ तीन दलले एकमत अर्थात् ठोस धारणा बनाएर टेबुुलमा बसे बार्ता सार्थकर्ता पाउने उनले थपे ।अध्यक्ष महतोले सरकारले हदै पार गर्यो भने मधेसका यूूवाहरु हतियार उठाउन बाध्य हुुन सक्ने पनि बताए । उनले मधेसी यूूवाहरु हतियार उठाउन बाध्य भयो भने त्यसको जिम्मेवार सरकारले लिनुपर्ने बताए । तर आफू भने हतियार उठाउन नउठाएर शान्तिपूूर्ण आन्दोलन गरेरै अधिकार लिने भने ।उनले वार कि पारको लडाई लड्न अझ सशक्त आन्दोलन गर्ने तयारी थालेको पनि जानकारी दिए । उनले भने, ‘जुुन दिन मधेसका हरेक घरबाट जनता सडकमा आउँछ । त्यो दिन अधिकार निश्चित रुपमा पाउँछौं । त्यो दिन चाँडै आउँदैछ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved