Home » , » १३ वर्षपछि निकालियो पेटबाट कैँची

१३ वर्षपछि निकालियो पेटबाट कैँची

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् । उनले कैँची खाएर पेटमा अडि्कएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् । घटना काजखस्तानको हो।

देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटको शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकहरुले उनको पेटभित्र भुलबस कैँची छाडेका रहेछन् । शल्यक्रियापछि उनको पेटको पूरानो रोग त निको भयो, तर भोक नलाग्ने समस्या भने सुरु भयो । झिकिदे गाँड भन्दा थपिदे गाँड भनेझैँ पूरानो पेटको रोगको उपचारपछि उनलाई खानै मन नलाग्ने भएपछि झनै दुब्लाउँदै गए । उनले ठ्याक्कै खान छाडेपछि उनकी श्रीमतीले कर गरी स्थानीय क्लिनिकमा गएर जँचाउँदा पो खान मन नलाग्नुको गुदी कुरो पत्तो लाग्यो । एक्सरेका क्रममा उनको पेटमा कैँची रहेको देखियो ।

पछि अर्को शल्यक्रिया गरी उनकेा पेटमा रहेको कैँची निकालियो । पेटमा त्यति ठूलो कैँची अडि्कँदा समेत १३ वर्ष सम्म दुखाइको समस्या नहुनु र केवल खान मन नलाग्ने समस्या मात्र देखिनु आश्चर्यको कुरा भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुकेा लापरवाहीका कारण १३ वर्षसम्म पेटमा कैँची बोकेका ती पुरुषले अहिलेसम्म उक्त अस्पताल र त्यसका डाक्टर विरुद्ध उजुरी नगरेको हुँदा कुनै कारवाही अगाडि नबढाइएको कजाखको चिकित्सा तथा औषधी नियमन समितिले जनाएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved