भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष
वामदेव
गौतमले
नेपालमा कुनै
पनि हालतमा राजसंस्था पुनःस्थापना हुनै
नसक्ने
दाबी गरेका छन्
।
राष्ट्रिय
एकता दिवस
मूल
आयोजक
समितिले
आयोजना गरेको अन्तरक्रियामा उपाध्यक्ष
गौतमले १२ बुँदे सम्झौतामा राजा हटाउने उल्लेख
नभएपनि राजाकै व्यवहारका कारण
राजा हटाउनुपरेको उल्लेख गर्दै
आर्यघाटमा पुगेको राजसंस्था फेरि फर्केर आउँदैछ
भन्ने हल्ला दिवा सपना मात्र भएको बताए ।
उनले तोकिएकै मितिमा संविधान जारी गर्न
सकिए
संक्रमणकालको नाममा भैरहेका नाजायज
गतिविधि रोकीने बताए । गृहमन्त्री समेत
रहेका गौतमले पृथ्वीनारायण
शाहको योगदानकै कारण अहिलेको नेपाल
सम्भव भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता खुमबहादुर
खड्काले नेपालको राष्ट्रियता इतिहाँसकै
कमजोर अवस्थामा पुगेकाले हिन्दु
राज्यको माग उठ्न थालेको बताए । उनले
संविधान
जारी गर्नुअघि हिन्दूराज्यका बारेमा जनमत
संग्रह नगरिए धार्मिक युद्ध थाल्ने चेतावनी समेत
दिए ।
कार्यक्रममा इतिहासविद् प्राध्यापक डा.रमेश
ढुंगेलले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय
एकता दिवस घोषणा गर्नुपर्ने माग गरे । उनले देश
बनाउनेलाई अपमान गरेर बनाइएको संविधान धेरै
दिन टिक्न नसक्ने बताए ।
कार्यक्रममा संस्कृतिविद् डा.मोदनाथ
प्रश्रीतले पृथ्वीनारायण शाहको योगदानलाई
वर्तमान राजनीतिज्ञहरुले नजरअन्दाज
गरेको आरोप लगाए । उनले
पृथ्वीनारायणको जन्म दिनको अवसर पारेर
पौष २७ गतेलाई राष्ट्रिय एकता दिवस
मनाइनुपर्ने बताए ।

0 comments:
Post a Comment