Home » » प्रचण्डले राजा राख्न चाहेको वामदेवको खुलासा

प्रचण्डले राजा राख्न चाहेको वामदेवको खुलासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष
वामदेव गौतमले एमाओवादीका अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डले सेरोमोनियल राजा राख्न
ईच्छा गरेको खुलासा गरेका छन् । राष्ट्रिय पहिचान
(चिनारी) पृथ्वीनारायण शाह रष्ट्रिय एकता दिवस
तथा पृथ्वी विचार अभियानले शनिवार
राजधानीमा गरेको कार्यक्रममा बोल्दै गौतमले
यस्तो खुलासा गरेका हुन्।
'माओवादीले मलाई
वार्ताका लागि मध्यस्थता गर्न भने।
त्यसबेला प्रधानमन्त्री चन्द हुनुहुन्थ्यो। मैले
दरबारमा यो कुरा पुर्याएँ।दरबारबाट
माओवादीको वार्ताको बटमलाईन के हो बुझ्नु भन्ने
खबर आयो', वामदेवले भने, 'त्यसपछि मैले कामरेड
प्रचण्डलाई सोधेँ। उहाँले आफुहरुको बटम लाईन
सेरोमोनियल किंङ्ग भए बताउँदै त्यो कुरा नभन्नु भने ।'
०४७ सालको परिवर्तनपछि राजा वीरेन्द्रसँग
आफनो सम्बन्ध राम्रो रहेको र महत्वपूर्ण बिषय
लालमोहर लगाउँदा आफुसँग उनले सल्लाह लिने
गरेको गौतमले बताए। तर
राजा बीरेन्द्रको हत्या हुदा आफु स्तब्ध भएको बताउँदै
उनले त्यसपछिका राजाले
आफना कुरा नसुनेको गौतमले गुनासो गरे।
बीरेन्द्रको हत्या भएपछि संसदले समेत
श्रद्धान्जली नदिएको जनाउँदै वामदेवले
त्यसकालागि दरबारबाट समेत प्रस्ताव
नआएको बताए। गौतमले इतिहासलाई
अहिलेको वातावरणले नहेर्न र
त्यसबेलाको परिस्थिति अनुसार समीक्षा गर्न समेत
आग्रह गरे।
'दरवार हत्याकण्ड कसले गर्यो भन्ने कुरा अहिले सम्म
स्पष्ट छैन । त्यसबेला छानविन समितिले
दिएको प्रतिबेदनमा मलाई बिश्वास छैन', गौतमले भने,
'दरबार हत्याकण्ड भित्रैबाट गरेको आरोप आउन सक्छ
भनेर राजा बीरेन्द्रले दिएको भन्दा बढी अधिकार
जनतालार्इ दिन मैले राजा ज्ञानेन्द्रलार्इ आग्रह
गरेको थिएँ ।'
दिल्लीमा भएको १२ बुँदे सहमतिमा समेत राजतन्त्र
हटाउने कुरा उल्लेख नभएको उनले बताए।
नेपालमा पृथ्वी नारायायण शाह र महेन्द्र
राष्ट्रवादी राजा भएको पनि उनले दावी गरे।
पृथ्वीनारायाण शाहले आधुनिक
नेपालको एकीकरणमा पुर्याएको योगदान बिर्सेर
ईतिहास पुरा नहुने उनले बताए। 'पृथ्वीनारायाण्ले
नेपालमा पुर्याएको योगदान कसैले बिर्सनुहुँदैन, तर
कसैले पनि त्यसो गरे जस्तो लाग्दैन' गौतमले भने,
'सिहदरवार अगाडि पृथ्वीनारायाणको शालिक छ
अनि त्यसलाई कसले के गर्छ ?
पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन र
बिदा दिने बिषयमा आफुले बिशेष
चासो राखेको उनले बताए। गौतमले २७ गते
बिदा दिने बिषयमा आफुले मन्त्रिपरिषदमा प्रस्ताव
लाने नलानेबारे द्विबिधामा परेको बताए।
गौतमले यस बिषयमा आफुले पार्टी अध्यक्ष
केपी ओलीसग सोध्दा ओलीले एक दिनचाहिँ लानै
पर्छ तर कहिले भन्ने कुरा मात्रै टुंगो नभएको जावफ
दिएको उनले बताए। नेपाललाई समाप्त पार्न खोज्नेले
मात्र देशको नाम झण्डा फेर्ने कुरा गरेको र तीनीहरुले
नै पृथ्वीनारायाण शाहको योगादनको अवमुल्यन गर्न
खोजेको गौतमले बताए।
नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाले आफुहरुले
हिन्दूराष्ट्र र राष्ट्रिय
एकता दिवसको कुरा गर्दा माघ ८ मा संविधान
ल्याउन नदिने षडयन्त्र भनेर आरोप लागउने गरेको उल्लेख
गर्दै भने' '८ गते संविधान जारी गर्नुस । ९ गते
हामी पत्रकार सम्मेलन गरेर भनौला।'
एमाले नेता मोदनाथ प्रश्रितले राज्यको धर्म हुँदैन भन्ने
तर बिभिन्न क्षेत्रमा लगानी गरेर राज्यले
यसका नाउँमा ठुलो आम्दानी गरेको बताए।
इतिहासविद रमेश ढुंगेललेले आधुनिक
नेपालको निर्माणमा त्यत्रो योगदान दिने
पृथ्वीनारायाण शाहको प्रति सम्मान गर्नपनि पुस
२७ मा सार्वजनिक विदा दिनुपर्ने बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved