Home » , » रजनीकान्तको सम्पत्ति लिलाम

रजनीकान्तको सम्पत्ति लिलाम

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मुम्बई–दक्षिण भारतका चर्चित
अभिनेता रजनीकान्तले आफ्नो पछिल्ले फिल्म
'कोचडयान' निर्माण गर्दा लिएको ऋण तिर्न
नसक्दा बैंकले उनको सम्पत्ति जफत गर्ने
सूचना जारी गरेको छ। उक्त
फिल्मको निर्माता रजनीकान्तकी कान्छी
छोरी सौन्दर्या रहेकी छन्।
भारतीय संचारमाध्यमका अनुसार
रजनीकान्तले सो फिल्म १ सय २५
करोडमा निर्माण गरेका थिए। तर,
'कोचडयान' बक्स अफिसमा नराम्रोसँग फ्लप
भएको थियो। यो थ्रीडी फिल्म
निर्माणको लागि रजनीकान्तको प्रोडक्शन
कम्पनी मिडियावन ग्लोगबल इन्टरटेनमेन्ट
कम्पनीले एग्जिम बैंकबाट २० करोड रुपैंया ऋण
लिएको थियो। तर, गत मे महिनामा रिलिज
भएको फिल्म फ्लप भएपछि रजनीकान्तले
सो ऋण चुत्ता गर्न सकेका छैनन्। व्याजसहित
रजनीकान्तको कम्पनीले २२ दशवमल २१ करोड
बैंकलाई बुझाउनुपर्नेछ।
संचारमाध्यमका अनुसार एग्जिम बैंकले
चाजीपुरमस्थित रजनीकान्तको २ दशमलव १३
एकड जमीन नियन्त्रणमा लिएको छ। यो जमीन
रजनीकान्तकी श्रीमती लताको नाममा थियो। बैंकले ऋण उठाउने सबै प्रयास विफल
भएपछि जमिन कब्जा गर्नुपरेको जनाएको छ।
रजनीकान्तको नयाँ फिल्म 'लंगा' भर्खरमात्रै
रिलिज भएको छ। यो फिल्मलाई इरोज
इन्टरनेशनले बजारमा ल्याएको छ। यो फिल्मले
सुरुमा राम्रै व्यापार
गरेपनि पछिल्लो दिनको रिपोर्ट बक्स
अफिसमा उत्साहजनक छैन। त्यसो त
रजनीकान्तको जीवनमा फिल्म फ्लप भएर
तनाव भएको यो पहिलो पटक भने होइन । १२
वर्ष अगाडि उनको फिल्म 'बाबा'
नराम्ररी फ्लप भएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved