भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कट्रिना कैफसँगको सम्बन्धलाई गुपचुपमै राख्दै आएका
बलिउड नायक रणवीर कपुर अचेल उनकै प्रसंसामा रमाउन
थालेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै
रणवीरले भनेका छन्- ‘कट्रिनाको संगत गरेपछि म आफैं
पनि जिम्मेवार हुँदै गएको छु ।’
परिवारसँग छुटि्टएर अलग्गै बसेका रणवीरले बुबा
आमासँग बस्दा घरको काम आमाले मात्रै गरेको देखेका
थिए । घरमा कुन-कुन सामग्री चाहिन्छ र के काममा
पैसा चाहिन्छ, उनलाई केही थाह थिएन ।
रणवीर भन्छन्-‘मेरो बुबालाई जस्तै मलाई पनि यस
बिषयमा केही पनि थाह थिएन । तर, कट्रिनाले धेरै
कुरा सिकाइन् ।’ कट्रिनाकै कारण घरमा आवश्यक पर्ने
दाल, चामल, तरकारी लगायतका बस्तुका उनी
जानकार हुन थालेका छन् ।
यो वर्षको अन्त्यमा बिबाह गर्ने योजनामा रहेका
यो जोडी अहिले सुटिङमा ब्यस्त छन् । आ-आफ्नै
चलचित्रको काममा ब्यस्त भएकाले भेटघाट कम भएको
बताउने रणवीरले कट्रिना सहयोगी भएको बताए ।
0 comments:
Post a Comment