भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महाभूकम्प आएपछि धेरै जिल्लामा उद्धारका लागि
पुगिन् गायिका कोमल वली । धादिङ, नुवाकोट,
रसुवा, भक्तपुर, काभ्रे लगायत धेरै जिल्लामा राहत
वितरणका लागि पुगिन्, कोमल ।
उनी जहाँ जहाँ पुगिन्, सबैले राज्यप्रति असन्तुष्टी
जनाएको पाइन् । राहत वितरणमा दलिय असन्तुलन र
मानिसको लोभी प्रवृत्तीका कारण यस्तो
असन्तुष्टी देखिएको उनको वुझाई छ ।
उनी यी दुबै शैली त्याग्न आग्रह गर्छिन् । उनले
सुझावको भाषामा भनिन्-‘यो विपदको बेला कुनै
पनि दलका नेताले आफ्ना कार्यकर्तालाई मात्र
राहत दिनु हुन्न । तर, धेरै ठाउँका दलका नेताले यस्तै
गरेको पाएकी छु ।’ उनले भूकम्प प्रभावितहरुलाई पनि
लोभ नगर्न आग्रह गरिन् ।
आफूले पाएँ भन्दैमा जती पनि थुपार्ने बानी त्याग्न
आग्रह गर्दै उनले आफूलाई जस्तै अरुलाई पनि समस्या
परेको छ भनेर वुझ्न आग्रह गरिन् ।
हामी पनि सरकारकै अंग हौं
उनले धेरै ठाउँमा सरकारको आलोचना गरेको पाएकी
छिन् । तर, कोमल सरकारको आलोचना मात्र गरेर
समस्याको समाधान नहुने बताउँछिन् ।
उनले आफूहरु पनि सरकारको अंग भएको भन्दै सकेको
सहयोग गर्न आग्रह गरिन् । सरकारले काम गर्न नसकेको
उनी पनि स्विकार गर्छिन् । उनले सुझाव
दिइन्-‘भूकम्पले बढी प्रभावित बनाएको क्षेत्रमा
सरकार पुग्नुपर्छ ।’
जापानमा १ बोत्तल मात्रै पानी किन्थे
ठूलो भूकम्पपछिको सुनामी आए लगत्तै जापान पुगेकी
कोमलले जापानीहरुसँग भूकम्पको बारेमा कुरा गरेकी
थिइन् । भूकम्पपछि जापानीहरुले कहिल्यै एकजनाले २
बोत्तल पानी नकिनेको उनले थाहा पाइन् । अरुलाई
नपुग्ला भनेर जापानीजहरुले जे किन्दा पनि एकथोक
मात्र किन्दा रहेछन् ।
पहिलो भूकम्प आउँदा लिपिष्टिक लाउदै थिईन्
बैशाख १२ गते पहिलो भूकम्प आउँदा उनी आफ्नै
गाडीमा बसेर लिपिष्टिक लगाउँदै थिइन् । राष्ट्रिय
नाँचघरमा गीत गाउनका लागि जानु थियो ।
बल्खुमा रहेको पेट्रोल पम्पमा तेल हालिन् र
गाडीभित्र ऐना हेर्दै लिपिष्टक मिलाउन थालिन् ।
‘अलिकति मेकअप बाँकी थियो गाडी भित्रै बसेर
मिलाउन थालें ।’ उनले भनिन् ।
मेकअप सुरु मात्रै के गरेकी थिईन्, एक्कासी जमिन
हल्लिन थाल्यो । त्यसपछि आजसम्म रेडियो नेपालमा
समाचार बाचन र बाँकी समय उद्धार वितरण गरेरै
बितिरहेको छ उनको ।
0 comments:
Post a Comment