भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
केही समय अगाडिमात्र १३ वर्ष पूरानो 'हिट एण्ड रन'मुद्दामा पाँच वर्षको कैद सजाय पाए लगत्तैजमानतमा रहेका अभिनेता सलमान खानलाई अर्कोएक मुद्दामा अदालतले कडा रवैया देखाएको छ।हतियार मुद्दामा जोधपुरको तल्लो अदालतमासलमानद्वारा पाँच जना साक्षी पुन: पेस गर्न दायरगरेको याचिकालाई बिहिबार अदालतले खारेजगरिदिएको छ।सलमानका वकिलहरुले उनको बचाउका लागि जोधपुरहाइकोर्टमा पाँच जना साक्षीहरुलाई पुन: बयानकालागि तल्लो अदालतमा पेश गर्न माग गरेका थिए।कोर्टले याचिकामाथि सुनवाइ गर्दै उनकोयाचिकालाई खारेज गरिदिएको हो।सलमानलाई सन् १९९८ मा नविकरण अवधि सकिएका.३२ रिभलबर र .२२ राइफल गैरकानुनीरुपमा जोधपुरलिएर आएको र तीनै हतियारबाट दुई वटा कालोहरिण शिकार गरेको आरोपमा मुद्दा लागेकोथियो।सो मामिलामा तल्लो अदालतले सलमानलाई पाँचवर्षको कैद सजाय सुनाएको थियो जसलाईराजस्थान हाइकोर्टले रोक लगाएको थियो। पछिहाइकोर्टले यस मामिलामा थप दखल नदिने भन्दैतल्लो अदालतलाई फेरि सुनुवाई गर्ने आदेश दिएकोथियो।
0 comments:
Post a Comment