Home » » आतंवादी संगठन आइएस बनाउने अमेरिकी पूर्वराष्ट्रपति....

आतंवादी संगठन आइएस बनाउने अमेरिकी पूर्वराष्ट्रपति....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जर्ज
बुसका छोरा तथा अर्का पूर्व राष्ट्रपति जर्ज डब्लु
बुशका भाई जेब बुसलाई त्यसबेला असहज परिस्थिति आयो जब उनलाई
१९ वर्षीय एक विद्यार्थीले प्रश्न गरे ।
ति विद्यार्थीले उनकै दाजुले आतंकवादी संगठन आइएस
जन्माएको भन्दै प्रश्न गरेका थिए । अमेरिकी अखबरा
न्युयोर्क टाइम्सका अनुसार जेब बुस बुधबार एक बैठकमा
सहभागी भएका थिए ।
सोही समयमा १९ वर्षीय विद्यार्थी इवी
जिडरिचले सोधे, ‘गभर्नर बुस, के तपाई एउटा
विद्यार्थीको प्रश्न सुन्नुहुन्छ ?’ यसअघि बैठकमा उनी
आईएसको बढ्दो प्रभावबारेमा चर्चा गरिरहेका थिए
र उनले ओबामाको नीति यसका लागि जिम्मेवार
रहेको आरोप लगाइरहेका थिए ।
इवीले त्यसमा ओबामा नभई इराकमा सेना पठाउने
जर्ज डब्लु बुसको निर्णय जिम्मेवार रहेको बताए । बुसकै
निर्णयका आधारमा इराकी पूर्वसेना बाहेक अन्य ३०
हजारभन्दा बढी मानिसहरु बेरोजगार भएको र यसले
आइएस जन्माएको भन्दै त्यसमा जेबका दाजु जर्जको
भूमिका रहेको उनले बताए ।
जेबले विद्यार्थीको उक्त भनाईको कडा प्रतिवाद
मात्रै गरेनन् १९ वर्षीय ती इवसँग केहीबेर वादविवाद नै
गरे । अमेरिकाको फ्लोरिडाका पूर्वगर्भनर रहेका जेब
बुश आगामी राष्ट्रपतिको उम्मेद्वारीको दौडमा
रहेका छन् ।
त्यसका लागि उनले केही कम्पनीको बोर्ड सदस्य र एक
शैक्षिक संस्थाको सल्लाहकार पदसमेत छोडिसकेका
छन् । जेब ८ वर्षसम्म फ्लोरिडाको गर्भनर भएका उनको
सन् २००७ मा पदावधि सकिएको थियो । जेब बुश
उदार रुढीवादी, आप्रवासी र शिक्षामा सुधारका
पक्षपाती मानिन्छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved