भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर । मोरङ जिल्लाका सभासद पवनकुमार शारडाले आफ्नो १६ महिनाको तलव प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेका छन् ।
संसद सचिवालयबाट त्रिपाल लिएको विषयमा सभासदहरुको चर्को आलोचना भइरहेका सयममा फोरम (लोकतान्त्रिक) का सभासद शारडाले १६ महिनाको तलब, भत्ता र बैंकमा जम्मा गर्दा प्राप्त भएको ब्याजसमेत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
सभासद शारडाले शुक्रबार ११ लाख ३८ हजार ६ सय ७१ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेका हुन् । प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर उनले चेक हस्तान्तरण गरेका थिए ।
0 comments:
Post a Comment