भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आफूलाई थाहा समेत नभएको कुरा विभिन्न
मिडियामा छापिएको भन्दै नायिका करिष्मा
मानन्धरले पुष्टि गर्न चुनौती दिएकी छिन । ‘भन्दै
नभनेको कुरा कसरी आयो’ उनले भनिन ‘विभिन्न
अनलाइन र सामाजिक सञ्जालमा आएका
सामाग्रीले म अचम्मित भएकी छु ।’
‘मन्त्री रिजालको यौन प्रस्ताव नमान्दा
नम्रताको राष्ट्रिय अवार्ड खोसियो’ शीर्षका
विभिन्न मिडिया र सामाजिक सञ्जालहरुमा
नायिका मानन्धरलाई उदृत गर्दै सामाग्री आएका
थिए ।
मानन्धरले नेपालपाटी डट कमसँग भनिन ‘यस्ता
विषयबस्तु कसरी आउँछन । भन्दै नभनेको कुरा
कपोलकल्पित रुपमा कसैले प्रायोजित रुपमा
लेखाएको हुन सक्छ । यसको छानविन गरेर
कारवाही गर्नुपर्छ ।’
0 comments:
Post a Comment