भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नवलपरासी, १८ साउन । नवलपरासीमा बालक जीवन
कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा
कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त
र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा
संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ
परेका सबै दोषीलाई मृत्युदण्डको सजायँ हुनुपर्ने माग
राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब
दिन परासीमा प्रदर्शन गरेका हुन् ।
बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयौंको
सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित
पक्राउ परेका ११ जनालाई एकैसाथ फाँसीमा
झुड्याउन त्यो नभए आजीवन जेल सजायँ दिन माग
राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय
घेराउसमेत गरेका थिए ।
नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक
विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको
गत साउन ५ गते बलिको नाममा हत्या गरिएको
थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले
पक्राउ गरिसकेको छ । रासस
0 comments:
Post a Comment