Home » » अमरेशलाई कारबाही गर्न सुशीलको प्रस्ताव

अमरेशलाई कारबाही गर्न सुशीलको प्रस्ताव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, श्रावण १६ - शनिबार बालुवाटारमा
बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा
पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही
गर्ने प्रस्ताव सभापति सुशील कोइरालाले नै गरेका
छन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार
संसदीय दल र कार्यसमितिको संयुक्त बैठकपछि बसेको
केन्द्रीय समितिको बैठकमा कोइरालाले अमरेशलाई
कारबाही गर्ने प्रस्ताव गरेका हुन् । ‘अमरेशको
गतिविधि पार्टी नीति विपरित भइरहेको छ,
कारबाही गर्नु पर्यो,’ कोइरालाले बैठकमा भनेका
थिए ।
कोइरालाको प्रस्तावमा सबै केन्द्रीय सदस्यले सहमति
जनाएका थिए । ‘केन्द्रिय सदस्यहरुले पार्टीको
अनुशासन समिति वा संसदीय दलबाट उनलाई
प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने
बताए,’ ती केन्द्रीय सदस्यले भने । उनका अनुसार
अमरेशलाई प्रष्टिकरण सोधिने पक्का छ । ‘त्यो
अनुशासन समितिले पनि सोध्न सक्छ, संसदीय दलले
पनि सोध्न सक्छ,’ उनले भने ।
संविधानको प्रारम्भीक मस्यौदामा सीमांकन र
संघीयताको विषय स्पष्ट नभएको, विना सीमांकन
मस्यौदा ल्याइएको र सर्वोच्च अदालतको आदेशलाई
पार्टीले नटेरेको भन्दै अमरेशले पार्टी लाइन विपरीत
उभिएका छन् । मस्यौदाको राय संकलनका लागि
पार्टीले खटाए पनि उनले आफ्नो क्षेत्रमा राय सुझाव
पनि संकलन गरेका थिएनन् ।
महाधिवेशन कार्यतालिका हेरफेर
कांग्रेस बैठकले १३ औं महाधिवेशनको कार्यतालिका
हेरफेर गरेको छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावअनुसार
भदौ १७ गते गाउँ नगर अधिवेशन हुनेछ भने भदौ २२ गते
क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ २५
मा र केन्द्रीय महाधिवेशन असोज २, ३ ४ र ५ गते
काठमाडौंमा हुनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved