Home » » ‘म प्रधानमन्त्री बन्दीन, सीमा रहित संघीयता भारतले मान्दैन’

‘म प्रधानमन्त्री बन्दीन, सीमा रहित संघीयता भारतले मान्दैन’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर
देउवाले आफु प्रधानमन्त्री बन्नका लागी भारत नगएको बताएका छन् । भारत
भ्रमण गरी सोमवार स्वदेश फिर्ता भएका बरिष्ठ नेता
देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा
आयोजित पत्रकार सम्मेलनमा आफु प्रधानमन्त्री बन्न
लालायित नरहेको र यसका लागी लविङ गर्न भारत
नगएको दाबी गरे ।
देउवाले संविधानको मस्यौदामा असन्तुष्ट रहेका दलहरु
समेतलाई समेटर संविधान बनाउन भारतले सुझाव
दिएको बताए । भारतले नेपालको नयाँ संविधान
चाँडै आउनु पर्ने सुवेक्षा व्यक्त गरेको देउवाको भनाइ
थियो ।
उनले भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र
मोदी लगायत अन्य मन्त्रीहरुसँग समेत दुई पक्षिय
भेटवार्ता गरेका थिए ।
भेटको क्रममा भारतीय नेताहरुले संविधानको
मस्यौदाको विरोध गरी रहेका दलहरुको मागलाई
समेटदै सिमाकंन सहितको संविधान ल्याउन सुझाव
दिएको नेता देउवाको भनाई थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved