भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बेलायतको
ह्याम्सायरमा निजी जेट विमान दुर्घटनामा
परी ओसामा विन लादेनको परिवारका
चार सदस्यको मृत्यु भएको छ ।
बेलायतस्थित साउदी अरबको दूतावासले
ब्ल्याकबुस विमानस्थल नजिक दुर्घटनाग्रस्त
विमानका पायलट र सवार सबै तीनजना
यात्रुको मृत्यु भएको जनाएको छ । विमान
इटलीको मिलानबाट आउँदै थियो ।
बेलायतस्थित साउदी राजदूतले
युवराज मोहम्मद विन नवाफ अल साउदले
लादेनको परिवारप्रति समवेदन प्रकट गरेको
जनाएका छन् ।
दूतावासले बेलायती अधिकारीहरुले
दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
(एजेन्सी)
0 comments:
Post a Comment