Home » » हिन्दु राष्ट्र नभए हतियार उठाउने चेतावनी (फोटो भिडियो)

हिन्दु राष्ट्र नभए हतियार उठाउने चेतावनी (फोटो भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडाैं– संयुक्त खश क्षत्री नेपाल र क्षत्री समाज
नेपाल सहितका संघसंस्थाले सोमबार राजधानीको
माइती घरमा प्रदर्शन गर्दा त्यो क्षेत्रको
यातायात प्रभावित बन्यो। परम्परागत झाँकी,
तरबार नाच र बाजागाजासहित उत्रेका
प्रदर्शनकारीले नयाँ बन्ने संविधानमा सनातन हिन्दु
राज्य राख्र माग गरेका थिए। ॐ विश्व हिन्दू धर्म
संरक्षण नेपाल, लगायतका संघसंस्थाको सहभागिता
रहेको सहभागीले माग पूरा नभए हतियार उठाउने
चेतावनी दिए।
खश क्षत्रीलाई स्वतन्त्र पहिचान र अधिकार सहित
आदिवासी जातीको सूचीमा सूचिकृत गर्नुपर्ने,
नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक,
बहुधार्मिक सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग
सहित प्रदर्शन गरिएको हो। नेपालका सबै जती र
जनसंख्याको आधारमा राज्यको सबै निकायमा
पूर्णसमानुपातिक प्रतिनिधित्वको प्रत्याभूति
गरिनुपर्ने, अन्तरिम संविधान २०६३ मा व्यवस्था भएको
जातीय आरक्षण खारेज गरी वर्गीय आरक्षण लागू
गर्नुपर्ने उनीहरुको माग छ।
र्यालीमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री
खुमबहादुर खड्का, संयुक्त खश क्षत्री नेपालका अध्यक्ष
एमबी थापा लगायत सहभागी थिए। सनातन हिन्दू
मोर्चा लेखिएको ब्यानरमा खुमबहादुर खड्काको
तस्विर समावेश थियो।
माइतीघर मण्डलाको कोणसभालाई सम्बोधन गर्दै
थापाले सनातन हिन्दू राष्ट्र नबनाए हतियार उठाउने
चेतावनी दिए। उनले आफूहरुसँग लाइसेन्स प्राप्त
हतियार रहेको चेतावनी दिएका थिए।
भिडियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved