Home » » सत्मार्ग र सत्कर्मले रेखा थापा खुशी अनि ……

सत्मार्ग र सत्कर्मले रेखा थापा खुशी अनि ……

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१७ साउन, काठमाडौं । अभिनेत्री रेखा थापा अचेल
बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा
खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा
डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे
योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा
सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’
फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी
पिउँदिरहिछिन् । त्यसपछि सुरु हुन्छ उनको यात्रा ।
यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम
गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी
फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले
रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने
गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार
फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्,
‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ
। नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी
रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू
वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् ।
‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले
खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन
मिलाएकी छु ।’ भूकम्पअघि उनले घरमै योगा टिचर
राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर,
भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन्
। गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने
जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने
गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा
गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि
नियमित रूपमा योगा र जिम गरेको उनले दाबी
गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने,
मलाई रामप्यारीका लागि अलिकति मोटाइ
घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच
किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म
५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन
अलि कम गर्ने इच्छा छ ।’
उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको
बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा
खाने गर्छिन् । सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज
गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई
भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर
छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु,
जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त
सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’
आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले
भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा
आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता
कायम छ भन्ने लाग्छ ।’
रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको
बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन
सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा
उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको
सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’ कसरी
निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक
सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ
सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक
सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता
अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’
आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर
रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ,
कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा
गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी
भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म
गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक
प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी
मेकअपविनै हिँड्ने गर्छिन् ।
‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन
प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन ।
फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने
गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले
प्रायस् गाजल लगाउने गरेको उनले बताइन् । राति भने
उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै
उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले
भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन
। अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र
बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति
साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने
गरेकी छिन् ।
फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने
गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा
दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी
बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी
पिउने बानी छैन रे उनको ।
‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने
गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले
मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ,
यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई
लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा
लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी
भन्छिन् ।
आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मण सुवेदीले
लेखेको खबरमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved