Home » » बाबुले छोराको छातीमा छुरा प्रहार गरी हत्या गरे....

बाबुले छोराको छातीमा छुरा प्रहार गरी हत्या गरे....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गाईघाट (उदयपुर), १७ साउन । पहाडी गाविस
बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा
प्रहार भएर एक युवकको हत्या भएको छ ।
बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो
१८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको
अभियोग लगाइएको छ ।
स्थानीयवासी शिक्षक कुम्भराज राईका
अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने
क्रममा झगडा भएको थियो । साँझ खेतको
काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई
छातीमा छुरा प्रहार गर्दा छोराको
घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे
उमाविका अर्का शिक्षक शिवराम राईले
बताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved