भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
प्रेमको उच्चतम रुप अर्थात् चुम्बन । तर यहीँ चुम्बन यतिधेरै
घातक हुँदोरहेछ भन्ने सुन्दैमा डर लाग्छ । पछिल्लो
अनुसन्धानले क्यान्सरको खतरा उत्पन्न गराउने
मामिलामा धुमपान तथा मद्यपान भन्दा चुम्बन बढि
खतरनाक रहेको देखाएको छ ।
अस्ट्रेलियाका डाक्टरहरुले गरेको अनुसन्धान अनुसार
टाउको तथा घाँटीको क्यान्सरको जोखिम
तत्वहरुमा धुमपान र मद्यमान भन्दा चुम्बन अगाडि
रहेको छ ।
अस्ट्रेलियाको रोयल डार्विन अस्पतालका अनुहार,
टाउको तथा घाँटीको सर्जन डाक्टर महिवान
थोमसका अनुसार चुम्बनका बेला धेरै प्रकारका
क्यान्सरको कारक तत्वको रुपमा रहेको हु्यम
प्यापिलोमा भाइरस सर्ने खतरा हुन्छ ।
टाउको तथा घाँटीमा हुने क्यान्सर भन्दा ७०
प्रतिशत यहीँ भाइरसका कारण हुने गरेको अमेरिकामा
गरिएको अर्को अध्ययनले देखाएको छ ।
यो भाइरस महिलामा पाठेघरको क्यान्सरको समेत
मुख्य कारकतत्वको रुपमा रहेको छ ।
ह्युम प्यापिलोमा भाइरसका कारण हुने क्यान्सरको
घटनामा पछिल्लो समयमा वृद्धि हुँदै आएको र यसको
मुख्य कारण मानिसको आनीबानीमा हुने परिवर्तन
रहेको डाक्टरको भनाइ छ ।
खासगरी युवावर्गमा मुखमैथुन सुरक्षित रहेको र यसबाट
पर्याप्त आनन्द प्राप्ति हुनुका साथै गर्भाधारणको
जोखिम पनि नहुने सोँचका कारण मुखमैथुनको क्रममा
वृद्धि भएको भन्दै उनले यसले सबैभन्दा धेरै जोखिम
बढाएको बताउँछन् । क्यान्सरको कारक तत्वको रुपमा
रहेको भाइरस संक्रमणमा मुखमैथुनका साथै धेरै
पार्टनरसँग चुम्बन गर्नुपनि रहेको छ । यौन सम्पर्क
बाहेकका अन्य खाले यौन सम्बन्ध तथा व्यवहार
अर्थात् पेटिङ पनि क्यान्सरको लागि जोखिमपूर्ण
व्यवहारको रुपमा देखिने गरेको छ ।
शोधकर्ताका अनुसार यदि कसैले ६ जना भन्दा बढि
मानिससँग नियमित चुम्बन गर्ने गरेको छ भने उसमा ह्युम
प्यापिलोमा भाइरसको संक्रमण उच्च रहन्छ र ९
जनाभन्दा बढिलाई बारम्बार चुम्बन गर्ने मानिसमा त
यसको जोखिम उल्लेखनीय रुपमा बढि हुन्छ ।
0 comments:
Post a Comment