भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भैरहवा, २३ भदौ । तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले तराई मधेस
क्षेत्रमा आतंक मच्चाएको आरोप लगाएका छन् ।
तमलोपाले आज बुधवार विहान भैरहवामा आयोजना
गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष ठाकुरले राज्यले
तराईका जिल्ला र क्षेत्रलाई निषेधित क्षेत्र
घोषणगरी प्रहरी प्रशासन मात्रै होइन नेपाली सेना
समेतको प्रयोग गरी जनता त्रसाउने काम गरेको बताए
। अध्यक्ष ठाकुरले भने–‘राज्यले गुण्डा आतंक मच्चाएको
छ । तराईका जनताहरु शान्तिपुर्ण रुपमा हिँडडुल गर्न
बस्न पाएका छैनन् ।’
अध्यक्ष ठाकुरले सरकारले विगतमा गरिएको ८ बूदें
सम्झौता कार्यान्वयन नगरेसम्म वार्ता गर्नुको
औचित्य नभएको जनाए । अध्यक्ष ठाकुरले
काठमाडौंमा एमाओवादी अध्यक्ष प्रचण्डसंग वर्तमान
अवस्थाको बारेमा छलफल भएको जनाउँदै प्रचण्डले
सरकार र दलसंग आफूहरुको कुरा लैजाने बताएको जनाए
।
सो अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश
त्रिपाठीले सरकारले निरंकुशता लादिरहेको तर्क गर्दै
सुरक्षाको अन्तिम संयन्त्र सेनालाई परिचालन गर्नु
ठीक नभएको जनाए ।
पार्टीका महामन्त्रि तथा प्रवक्ता शवेन्द्रनाथ
शुक्लाले आन्दोलन सफलतातर्फ उन्मूख भएको दाबी गर्दै
सफलताको प्रतिकको रुपमा सबै दल समुह आन्दोलनमा
सहभागी भईरहकेो तर्क गरे ।
0 comments:
Post a Comment