Home » » तराईमा प्रहरीमाथि घरेलु हतियारबाट आक्रमण, कहाँ-कहाँ भयो आक्रमण ?

तराईमा प्रहरीमाथि घरेलु हतियारबाट आक्रमण, कहाँ-कहाँ भयो आक्रमण ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २३ भदौ । तराईका जिल्ला जारी
आन्दोलका क्रममा प्रहरीमाथि आक्रमणका घटना
बढ्न थालेका छन् ।
बुधबार मात्रै तराईका विभिन्न जिल्लामा
प्रहरीमाथि घरेलु हतियारले आक्रमण भएको केन्द्रीय
प्रहरी समाचार कक्षले जनाएको छ । आन्दोलनका
क्रममा मोरङ, पर्सा लगायतका जिल्लामा
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमणको प्रयास गरेका
हुन् ।
मोरङमा सानो ग्याँस सिलिण्ड फाल्न खोज्ने
बिराटनगर उपमहानगरपालिका–२२ बस्ने ३४ बर्षीय
मन्जर आलम र २७ बर्षीय रजक आलमलाई प्रहरीले पक्राउ
गरेको छ । उनीहरुले बुधबार बिराटनगर
उपमहानगरपालिका–२१ स्थित रानीबसपार्कमा
प्रहरीलाई लक्षित गरी सानो ग्याँस सिलिण्डर
फालेका थिए ।
यस्तै, बिराटनगर–१९ स्थित भट्टी मोडमा
बन्दकर्ताहरुले जवरजस्ती पसल बन्द गरेपछि स्थानीय
बासिन्दा र बन्दकर्ताबीच झडप हुँदा बन्दकर्ता ३२
बर्षीय विक्रम साह सामान्य घाइते भएका छन् ।
सोही बिषयलाई लिएर बन्दकर्ताहरुले रानी
बसपार्कमा खटिएको प्रहरी टोली माथि समेत
ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस, सटगनबाट हवाई
फायर गरी स्थिति नियन्त्रणमा लिएको छ ।
यस्तै, मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको
भन्सार चेकपोस्टमा खटिएका कर्मचारी र प्रहरीलाई
पेट्रोल छर्केर जलाउने प्रयास गरेका छन् ।यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved