Home » » समयमै फायर खोलेपछि पाँच प्रहरीको ज्यान जोगियो : डिएसपी खरेल

समयमै फायर खोलेपछि पाँच प्रहरीको ज्यान जोगियो : डिएसपी खरेल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तराईमा लामो समयदेखि आन्दोलनरत संयुक्त मधेसी
मोर्चा सम्बद्ध कार्यकर्ताले विराटनगरस्थित रानी
भन्सार कार्यालय छेऊमा पाँच जना प्रहरीलाई
पेट्रोल छर्केर जलाउने प्रयास गरेपछि स्थिति
तनावपूर्ण बनेको छ।
प्रहरीका अनुसार रानीस्थित दुई नम्बर ढाटमा रहेको
प्रहरी बिट तोडफोड गरी प्रहरीलाई जलाउने प्रयास
भएको हो। डिएसपी प्रमोद खरेलका अनुसार त्यहाँ दुई
जना नेपाल प्रहरी र तीन जना सशस्त्र प्रहरी थिए।
'साढे ९ बजेतिर दुई सयजति आन्दोलनकारीले प्रहरी
बिट जलाएर प्रहरीलाई पेट्रोल छर्किसकेका थिए,'
खरेलले सेतोपाटीसँग भने, 'सशस्त्र प्रहरीले तत्कालै
फायर खोलेपछि आन्दोलनकारी भागेपछि प्रहरीको
ज्यान जोगियो, नत्र पाँच जना प्रहरीलाई जलाएर
मार्थे।'
खरेलका अनुसार स्थिति नियन्त्रणमा लिन सशस्त्र
प्रहरीले एसएलआरबाट १० राउण्ड फायर खोलेको
थियो। नेपाल प्रहरीले सर्ट गनबाट पाँच राउण्ड र
राईफलबाट एक राउण्ड प्रहार गर्यो। 'त्यसपछि
आन्दोलनकारी तितरवितर भए,' खरेलले भने। खरेलका
अनुसार त्यहाँ नेपाल प्रहरीका असईसहितको टोली
थियो।
अहिले ती आन्दोलनकारी मटेरुवा प्रहरी चौकी घेर्न
पुगेका थिए। त्यहाँ दुई जना इन्सपेक्टरसहितको
टोलीले आन्दोलनकारी लखेटेको छ। स्थिति
नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरी ठूलो
संख्यामा परिचालन गरिएको छ।
महेन्द्र चोक, रोडशेष चोक र महावीर चौक तनावग्रस्त
छ। त्यहाँ आन्दोलनकारीले आधा दर्जन मोटरसाइकल
तोडफोड गरेका छन्। महावीर चोकनजिक प्रहरीको
क्वीक रेस्पोन्स टिमको मोटरसाइकलसमेत तोडफोड
गर्ने प्रयास भएपछि ठूलो संख्यामा प्रहरी परिचालन
गरिएको छ। प्रहरी परिचालन भएपछि
आन्दोलनकारी तितरवितर भएका छन्।
यसैबीच, रानीमा समाचार संकलन गर्न पुगेका पत्रकार
नवीन कर्णको मोटरसाइकल आन्दोलनकारीले
जलाएका छन्। कर्ण विराटनगरबाट प्रशारण हुने महालु
टिभीमा कार्यरत छन्। आन्दोलनकारीले महावीर
चोक, महेन्द्र चोक, रोडशेष र रानीलाई निशाना
बनाएका छन्। यसक्षेत्रमा टायर बालेर
आन्दोलनकारीले नाराबाजी गरिरहेका छन्।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved